एनआरएनए अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल र महासचिबमा बिआर लामा तामाङ निर्वाचित

भाद्र २३, २०७४-गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल फेरि एक पटक निर्वाचित भएका छन् ।
विगतमा कांग्रेसको भातृ संगठन, नेपाली विद्यार्थी संघको केन्द्रीय राजनीतिमा सक्रिय पौडेल, पेशाले चिकित्सक हुन् । यसअघि सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
एनआरएनए अमेरिकाको निर्वाचन आयोगले जनाए अनरुप मंगलबार र बुधबार सम्पन्न निर्वाचनमा पौडेलले आफनो निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्नेक्रममा चार हजार २ सय २९ मत प्राप्त गरेका थिए । रविनाले तीन हजार ८५ मत पाइन् ।
अर्का प्रत्यासी राम सी पोखरेल, तेस्रो स्थान एवम कृष्ण पोखरेल, चौथो स्थामा रहे ।
विजयपछि कान्तिपुरसँगको प्रतिक्रियामा नवनिर्वाचित अध्यक्ष पौडेलले सबै मतदाताहरु प्रति आभार ब्यक्त गर्दै यो नतिजामा कसैको जित, हार नभएको प्रतिक्रिया दिदै सबै एनआरएन अमेरिका परिवारको जित भएको टिप्पणी गरे । उनले भने, ‘ यसपटकको ग्लोबल एनआरएनमा अमेरिकाको गर्विलो उपस्थितिका लागि तयार छौं ।
एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा टेक्सासका सूचना प्रविधि सम्बन्धी व्यवसायी सुनिल साह एवम महासचिवमा न्यूयोर्कका बाबुराम लामा निर्वाचित भएका छन ।
चार उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सवेदी, जेदु पोखरेल, र उमा थापा कार्की निर्वाचित भएका छन । सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा डा प्रकाश अर्याल एवं सहकोषाध्यक्षमा पवन योञ्जनलाई निर्वाचन मार्फत जिम्मेवार प्राप्त भएको छ । त्यसैगरि इन्दिरा त्रिपाठी, महिला संयोजक र स्वराज खाती, युवा संयोजकमा चनिएका छन ।
कार्यसमितिको सदस्यहरुमा डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने, सञ्जय थापा, तृष्णा शर्मा, दिव्या केसी ओली, अमृत कट्टेल, प्रितीसागर खत्री र गोपेन्द्रराज भट्टराई निर्वाचित भएका छन । त्यसैगरी विन्दु सापकोटा, बलराम थापा र आङ्गनिमा शेर्पा पनि सदस्य पदमा निर्वाचित भएका हुन् ।
आईसीसी सदस्यहरुमा गोमा सेन, धर्म भट्टराई, विष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, वेदराज बस्नेत, डिल्ली भट्टराई र बलराम थापा निर्वाचित भएका छन् ।@ कान्तिपुर |