हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

९६ दलले पाए चुनाव चिन्ह, माओवादी केन्द्रसहित तीन दललाई एउटै चुनाव चिन्ह(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि ९६ दललाई चुनाव चिन्ह दिएको छ । मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका दलहरुको चुनाव चिन्ह निर्धारण गरेको हो ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

जस अनुसार नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । तीन दलको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडा कायम गरिएको छ ।

माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह हसिया तारा, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले सिपाही तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले बाघ चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेका दुई वटा दल राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।

कुन दलले कुन चुनाव चिह्न पाए सुची हेर्नुहोस् …..






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution