हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

उत्तर कोरियाली जनताले मनाए-आणविक परीक्षण सफलताको उत्सव(फोटो सहित)

यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ ।

उत्तर कोरियाको राजधानी सहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।

उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षणको सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् ।

गत आइतबार उत्तरले गरेको सो परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो ।

बिहीबार बिहानै दशौँहजार नागरिक प्योङ्याङको किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरुले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए ।

उनीहरुले उत्तर कोरियाली नेताको जय जयकार र उनको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरुले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

तर, यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, ‘उत्तर कोरियाले यसअघि गरेको पाचौँपटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ ।’

विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरु चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाएका छन् ।

बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

बिहीबारको उक्त खुसियाली र्‍यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पुर्‍याउन नसक्ने बताएका थिए ।

उनीहरुले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविस्य रहनेजस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए ।

उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उनीहरुले संसारलाई सन्देश दिइरहेका थिए ।

उत्तर कोरियाको यो पछिल्लोपटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ । @ रासस/एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution