एनआरएनए इजरायल द्वारा बिदाई तथा शुभकामना कार्यक्रम गर्दै

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको २६ अगष्ट २०१७ (शनिबार) २०१७ देखि २०१९ कार्यकालको लागि पाचौ अधिबेशन सम्पन्न भएको छ |
अधिबेशन सौहार्दपुर्ण बाताबरणमा सम्पन्न गर्नको निमित्त निर्बाचन समिति ,राजदुतावास लगायत सम्पूर्ण मान्यजन वर्ग ,पंजीकृत सदस्यहरु , अनलाइन मिडिया कर्मीहरु लगायत सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी १५ सेप्टेम्बर २०१७ (शुक्रबार) यसोदमाला -४४ मा रहेको हलमा निबर्तमान कार्यसमितिलाई धन्यवाद सहित बिदाइ तथा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ |
इजरायलवासी सम्पूर्ण महानुभाबहरुमा गरिवामय उपस्थितिको लागि एनआरएनए इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |