हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

उत्तर कोरियासँग किन डराउँछन्, अमेरिका र जापान ?

उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम आश गरेभन्दा तीव्रगतिमा अगाडि बढाएपछि छिमेकी मुलुकको सुरक्षामा खतरा उत्पन्न भएको छ। त्यसमा कोरियाली प्रायद्वीपको हित सोच्ने अमेरिकामा पनि छ।

संयुक्त राष्ट्रसंघमा अमेरिकी प्रतिनिधिले भने, ‘ विगत २४ महिनामा हाम्रा सबे प्रयासका बावजुद उत्तर कोरियाको परमाणु कार्यक्रम पहिलाको तुलनामा धेरै खतरनाक र आधुनिक छन्।’

विशेषज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन युद्ध भन्दा आफूलाई परमाणु आक्रमणबाट बचाउने कोशिशमा जुटेका छन्। तर अन्य देश यसलाई नजरअन्दाज गर्न चाहँदैनन्। राजनीतिक रुपमा विश्वबाट एक्लिएको मुलुक उत्तर कोरियाको महत्वकाँक्षा परमाणु हतियारमा छ, त्यसबाट तपाइँ आफूलाई कसरी बचाउनु हुन्छ ?

उत्तर कोरियाकालागि दक्षिण कोरिया सबैभन्दा नजिक र सजिलो निसाना हो। आफ्नो उत्तरी छिमेकीको हरकतबाट बच्न र उसलाई जवाफ दिने तयारी गर्ने कोरियाको यस आधि इलाकाको लामो इतिहास छ।

दुई देश प्राविधिक रुपमा अहिले पनि युद्धको अवस्थामा छन्। र १९५३ कोरियाली युद्ध समाप्त भएपछि दुई देशले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन्। दुवै देशलाई आफ्नो सुरक्षा गर्ने सबै भन्दा ठूलो भाग असैन्य क्षेत्र भएको २५० किलोमिटर लामो सीमा हो। दुवै देश यो सीमा चार किलोमिटर चौडा छ, जसले दुवै देशलाई अगल गर्छ। दुवैतर्फ हजारौं सैनिक तैथान छन्, काँडा भएको तार लगाइएको छ भने सुरुङ पनि बनाइएको छ।

दश लाख भन्दा धेरै सेना नियमित सैनिक र लाखौं रिजर्भ सैनिक भएको उत्तर कोरियाको पीपल्स आर्मीले सीमामा कसरी अभियान संचालन गर्न सकिन्छ भनेर अभ्यास गरिरहेको छ। यस्तो अवस्थामा सीमामा राखिएको सीमास्तम्भको कुनै काम छैन, विशेष गरी मिसाइल आक्रमण रोक्नकालागि त त्यसको कुनै काम नै छैन्।

यस्तो विश्वास गरिन्छ, की थाड कुनै पनि परमाणु आक्रमण बेला दक्षिण कोरियाको सबैभन्दा सशक्त जवाफ हुनसक्छ।
थाडलाई दक्षिण कोरियाको सहयोगी अमेरिकबाट पैसा प्राप्त हुन्छ।

यद्यपी उत्तर कोरियासँगको सम्बन्धलाई लिएर दक्षिण कोरियाको राजनीति यस्तो छ, की यी दुई देशबीच सबैकुरा ठिक हुन सजिलो छैन।
उत्तर कोरिया र उसका सहयोगी चीनले दुवै थाडलाई उक्साहटमा हेर्ने गरेको छ। जहाँ जहाँ यसलाई राखिएको छ, त्यहाँ रहने दक्षिण कोरियाली जनतामा पनि कुनै सैन्य कारवाही निसाना बन्न सक्ने भन्दै डराउँछन्।

दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे इनले आफ्नोतर्फबाट कुनै कारवाही गर्नुपूर्व पर्यावरणमा हुने असरका विषयमा विश्लेषण गर्न आदेश दिएका छन्।

जविक पछिल्लो परमाणु परीक्षणको खबरपछि दक्षिण कोरियाका रक्षा मन्त्रीले बाँकी रहेका चार थाड पनि तैनाथ गर्ने बताएका छन्।
जापान र उत्तर कोरियाबीच ५०० किलोमिटरको मात्र दूरी छ। अर्थात जापानपनि उत्तर कोरिया नजिकै छ। अगस्तमा प्योङयाङले जापानमाथिबाट मिसाइल परीक्षण गरेको थियो।

 

दुई देशबीचको दूरी कम भएका कारण कुनै पनि आक्राणको स्थितिमा जापानसँग खतरासँग जुध्न केही मिनेटको मात्र समय हुन्छ। अगस्तमा गरिएको मिसाइल परीक्षणका बेला जापानी जनताले करिव तीन मिनेटसम्म आपतकालीन अलार्म सुनिरहे,जतिबेलासम्म मिसाइल गइसकेको थियो।

वर्षौंदेखि अमेरिकाको राम्रो सुरक्षाकालागि उत्तर कोरियासँगको दूरीले पनि भूमिका खेलेको छ। अलास्काबाट उत्तर कोरियाको दूरी पाँच हजार किलोमिटर छ भने सन फ्र्यांसिस्कोबाट ९ हजार किलोमिटर छ। तर लगातारको प्रविधिको प्रयोगले दूरीको समस्यालाई अन्त्य गरेको छ। उत्तर कोरियाको सेनाले यस्तो बम बनाउन चाहन्छ जुन कुनै पनि अन्तर महादेशीय मिसाइलमा फिट गर्न सकियोस्।

 

यदि त्यस्तो भयो भने अमेरिकामाथिको आक्रमण सजिलो हुन्छ। पछिल्लो मिसाइल परीक्षणपछि उत्तर कोरियाले उत्तर कोरियाले आफूले सानो आकारको बम बनाएको र त्यसको नजिता भयावह हुने दाबी गरेको छ। यसले त्यसका तस्बिर पनि सार्वजकि गरिरहेको छ। र त्यो हाइड्रोजन बम हो। उत्तर कोरियाको सो कमदपछि अमेरिकाले आफ्नो मिसाइल रक्षा व्यवस्थाप्रति एक पटक फेरि काम सुरु गरेको जनाएको छ। राष्ट्रपति ट्रम्पले पूरै सिस्टमलाई रिभ्यू गर्न आदेश दिएका छन्। @ बीबीसी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution