धनि बन्ने भए यसो गर्नुहोस् …..

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै शान्त र शालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई † मसँग केही छैन । बडो मुस्किलले बिहान–बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै शालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख छ, कसैको प्रशंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देउ, तिम्रो गरिबी आफैं हटेर जानेछ ।’
त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाई आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।