क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ द्वारा पदभार

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित तामाङले आज क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
उहाँलाई निर्वतमान अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गराउँदै केन्द्रीय समितिको सम्पूर्ण कागजात हस्तान्तरण गर्नुभएको थियो ।
पदभार हस्तान्तरण गर्दै निर्वतमान अध्यक्ष न्यौपानेले आफूले शुरु गरेका सकारात्मक कामलाई अगाडि बढाउन र नकारात्मक प्रवृत्तिलाई छाडेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
पदभार ग्रहण गर्दै अध्यक्ष तामाङले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने र समाजवादी शिक्षा प्रणालीलाई प्रभावकारीरुपमा अगाडि बढाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।