हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

२६ सयको जुत्ता २६ हजारमा बिक्री

काठमाडौं, २० भदौ । दसैंको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले स्टोर वान, बेन्ट्ली, पुमा र नाइकको सोरुम सिल गरेको हो।

मन्त्री मण्डलले दसैँ–तिहारका वेला ‘सेल’ लगाएको देखाउँदै ठगी गरेको भेटिएपछि सिल गरेको बताए । उपभोक्ता ठग्ने नियतले नै सेल स्किम लगाउने देखिएको उनले बताए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नाइक ब्रान्डको जुत्ता व्यवसायीले ४ हजार ७ सय रुपैयाँमा खरिद गरेको बिल देखाएका थिए । ‘तर, उपभोक्तालाई छुटमा समेत दिँदा पनि सो जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्रीका लागि राखिएको देखियो,’ उनले भने, ‘यसलाई हेर्दा उपभोक्ता अत्यन्तै ठगिएका छन् ।’

त्यस्तै २ हजार ६ सय रुपैयाँको सामानको बिक्री मूल्य २६ हजार रुपैयाँ राखिएको अवस्थामा भेटिएको उनले बताए । नर्थ फेसको सोरुममा १३ हजार रुपैयाँमा बिक्री गरेको वस्तुको बिल ४ हजार रुपैयाँमा मात्रै काटेको अवस्था भेटिएको टोलीले जानकारी दिएको छ । महानिर्देशक दाहालले खरिद–बिक्रीको बिलमा ठूलो अन्तर आउनु अस्वाभाविक रहेको बताए । ‘दसैँका वेला विभिन्न गुणस्तरका सामानलाई सेलको नाम दिएर ठग्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘बिलबिजक देखाउन नसक्नेको पसल सिल गरेका छौँ ।’

विभागले नर्थ फेसलाई सम्पूर्ण बिलबिजकसहित ३ दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । महानिर्देशक दाहालले सेल लगाउनुअघि कुन मूल्यमा बिक्री भएको भन्ने कागजात माग्दासमेत व्यवसायीले दिन नसकेको जानकारी दिए । सेलअघिको मूल्य थाहा हुन आए तोकिएको छुटअनुसार हाल मूल्य तय भए–नभएको थाहा हुन्छ । ‘हामीले योभन्दा अघि कतिमा बिक्री भएको थियो र ५० प्रतिशत सेल भनेर कतिमा बिक्री भएको छ भन्ने कुराको कागजात मागेका छौँ । उपभोक्ताका सामान बिक्री गरेको यहीँ बिल माग्दा पनि नपाइरहेको स्थिति छ,’ उनले भने । ठग्ने व्यवसायीलाई कारबाही गरी उपभोक्ता अधिकार सुरक्षाका लागि खट्ने उनले दाबी गरे । ‘व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गर्नु आवश्यक छ,’ उनले भने, ‘नियम र कानुनले भेटेअनुसार कानुनसम्मत तरिकाले हदैसम्मको कारबाही हामी गर्छौँ ।’@ नयाँ पत्रिका |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution