परमाणु युद्ध भएमा कसरी बच्ने ?

उत्तर कोरियाली नेता किम जोङ उनले तीन सेप्टेम्बरमा हाइड्रनोजन बमको परीक्षण गरे। यो यति शक्तिशाली बम थियो जसको परीक्षणपछि भूकम्पको झड्का महशुस गरियो।
नेता किमका अनुसार उत्तर कोरियाले जतिपनि आणविक हतियार निर्माण गर्न सक्छ। पाकिस्तानले पनि एटम बम बनाएको र उसले भारतलाई आक्रमण गर्ने धम्की दिँदै आएको छ। धेरै जसो आतंकवादी संगठन पनि आणविक हतियार प्राप्त गर्न खोजिरहेका छन्। त्यसो त आणविक आक्रमण गर्ने काम निकै जटिल विषय हो।
यदि आणविक आक्रमण भइहाल्यो भने के हामी सो आक्रणको सामना गर्न तयार छौं? विश्वले एटक अबबाट हुने विनास हिरोसिमा र नागासाकीमा देखेको छ। समयक्रमसँगै विगतका यी भयावह घटना इतिहासको पानामा सीमित भएका छन्।
तर ती घटनाले आज पनि मानिसलाई बेला बेलामा झस्काउँछ। आजपनि नागासाकी र हिरोसिमाका मानिस पूर्ण रुपमा स्वस्य छैनन्। यस्तो अवस्थामा यदि फेरि आणविक युद्ध भइहाल्यो भने त्यसको सामना गर्न हाम्रो तयारी कत्तिको छ ?
बंकर
बेलायतमा पिंडार नामबाट एक सुरक्षित बंकर बनाइएको छ। जहाँ आणविक आक्रमणका बेला सेना र सरकारी अधिकारी आफूलाई बताउन सो बंकर प्रयोग गर्न सकियोस्। आणविक आक्रमणपछि हुने विनासपछि पनि सो बंकरबाट सरकारी काम कारवाही सुचारु गर्न सकियोस्।
अमेरिकाको स्टिवंस इन्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर एलेक्स वालेरस्टाइनका अनुसार आफ्ना साथीसँग मिलेर नागरिकको सुरक्षाकालागि जागरुक गर्ने काम गरिरहेका छन्। आणविक आक्रमण भएको बेलामा आफूलाई कसरी सुरक्षित गर्ने?
यद्यपी तत्काल आणविक हतियारको प्रयोग हुने गरी युद्ध हुने संभावना कम छ। तर आतंकवादी संगठनको नेटवर्क धेरै बलियो भएको छ। उनीहरुसँग निकै खतनाक हतियार पनि छन्। यस्तो अवस्थामा नागरिकको सुरक्षाको प्रत्याभूति हुन आवश्यक छ।
रेडिएशनबाट कसरी बच्ने?
आफ्नो क प्रोजेक्टरमार्फत वालेरस्टाइनले एक ‘न्युक–म्याप’ बनाएका थिए। यसमा गुगल म्यापजस्तो नम्सामार्फत आणविक आक्रमण भयो भने त्यसको असर कहाँ कहाँ हुन्छ भनेर देखाउने कोसिस गरेका थिए।
अर्को प्रोजेक्टरमार्फत मानिसलाई परमाणु आक्रमणको असरबाट स्वंयलाई बनाउने उपाय बताइन्छ। यसबाट बच्ने सबैभन्दा उत्तम विकल्प भनेको आफ्नो घरभित्रै बस्नु बुद्धिमानी हुनेछ। तर परमाणु आक्रमणको विकिरणले धेरै ठाउँलाई आफ्नो चपेटमा लिन्छ। त्यस्तो अवस्थामा घर भित्र वा बाहिर जँहा भएपनि असर पर्छ ।
यस्तो अवस्थामा आफूलाई लामोसमयसम्म घरभित्र राख्न सक्यो भने रेडिएशनको धेरै असरबाट बनाउन सकिन्छ। उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक बनाउँदैछ। एकपछि अर्को मिसाइल परीक्षण गर्दैछ। उत्तर कोरियाको दाबी अनुसार उसँग अमेरिकासम्म मार हान्न सक्ने मिसाइल छन्।
उत्तर कोरियाको सो दाबीले अमेरिकाको होस उडेको छ। यतिमात्रै होइन, उत्तर कोरियाका छिमेकी मुलुकको चिन्ता झन बढेको छ। जापानका गाउँमा माक ड्रिलमार्फत मानिसहरुलाई जागरुक बनाउने काम सुरु भएको छ। हवाइ राज्यले पनि आफ्ना नागरिककालागि गाइडलाइन जारी गरेको छ।
उत्तर कोरियाको निसामा अमेरिकाको गुआम द्वीप रहेको छ। र त्यहाँका मानिसलाई पनि शिक्षित पार्ने काम सुरु भइरहेको छ। यही क्रममा अमेरिकी गृह मन्त्रालयले आफ्नो वेबसाइटलाई नयाँ कोणबाट डिजाइन गरेको छ। सो वेबसाइटको एक भागमा न्युक्लियर ब्लास्टका विषयमा जानकारी राखिएको छ।
धेरै जसो देश केवल ठूला नेता र सैनिक अधिकारीलाई आक्रमणका क्रममा बचाउने कोसिस गर्छन्। आम नागरिकलाई आफ्नै अवस्थामा छोड्ने चलन छ। दोस्रो विश्व युद्धका क्रममा र त्यसपछि शित युद्धका बेलामा सिभिल डिफेन्समा धेरै जोड दिइएको थियो। नागरिकलाई युद्धका बेलामा स्वयंलाई बचाउने र अर्काको सहयोग गर्ने तालिम दिइएको थियो।@बीबीसी हिन्दी