हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बरामद गरिएको८८ किलो सुनका मालिक – चिनियाँ दम्पति

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान दुई बजे क्षेत्रपाटीबाट बरामद गरेको सुनका चिनियाँ मालिकको परिचय खुलेको छ। सोमबार विहान याङ वेन विङ र उनका पति पान विई मिङले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको हो।

उच्च प्रहरी स्रोतका अनुसार सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध छ। प्रहरीले चिनियाँ दम्पत्तीको नेपाली साझेदारबारे अनुसन्धान तीव्र बनाएको छ।

काठमाडौंको ठमेलमा ‘काठमाडौं वन’ होटल सञ्चालन गरेका चिनियाँ दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेबारी पाएका कारोबारी हुन्। सुनको अवैध कारोबारका लागि २०७० मा चिनियाँ दम्पत्तीले आफ्नै नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा होटल दर्ता गराएका थिए। होटलको जिम्मेवारी नेपाली नागरिक मोहन श्रेष्ठलाई दिइएको छ।

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले सुनका कारोबारी चिनियाँ नागरिक भएको बताए पनि उनीहरुको परिचय खुलाउन चाहेनन्। सोमबार पत्रकार सम्मेलनमा एसएसपी लोहनीले भने, ‘सुनका मालिक चिनियाँ भएको भन्ने छ, संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धान हुनेछ।’

चीनको तिब्बत नाका भएर नेपाल भित्रने सुन यी दम्पत्तीको होटलमा जम्मा हुने र मौका अनुसार साना गाडीमा फल्स बटम बनाएर भारत पुर्‍याउने गरिएको थियो। प्रहरीकै उच्च तहको मिलमतोमा लामो समयदेखि अवैध सुनको तस्करी हुँदै आएको थियो। यसपटक सेटिङ नमिलेपछि तस्करको समूहबाटै सूचना चुहिएपछि प्रहरीले सुन बरामद गर्न सकेको हो।

महानगरीय प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखालाई एकै व्यक्तिले सुनका विषयमा सूचना दिए पनि अन्तमा महाशाखाले बरामद गरेको हो।

महाशाखाले क्षेत्रपाटीबाट बा१७च ६४२७ नम्बरको गाडीसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ। गाडीको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी लेखिएको ८८ थान सुनका बिस्कुट बरामद भएको हो। महाशाखाका अनुसार बरामद सुनको बजार मुल्य ४३ करोड रुपैयाँ छ। @ नेपाललाइभ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution