नेपाल आईडलले दियो चेतावनी, सामाजिक संजालहरुमा पोष्ट गर्नेहरु विरुद्ध कानून अनुसार कारवाही

एपिवान टेलिभिजनबाट सञ्चालित सांगीतिक कार्यक्रम नेपाल आईडिल पछिल्ला दिनहरुमा निकै लोकप्रिय र चर्चा रहेको छ । हजारौं प्रतिस्पर्धीहरुबान गायन क्षेत्रको आइडियलको खोजिमा रहेको नेपाल आईडियल चर्चासँग विवादमा पनि पर्ने गरेको छ ।
आईडियलका जज, उनीहरुको कमेण्ट, आइडियको कार्यक्रममा आएका गेस्ट र एपिवानसँग जोडिएर विवाद चर्केपछि एपिवानले नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गर्नेहरु विरुद्ध कानून अनुसार कारवाहीको चेनावनी दिएको छ ।
सोमबार(आज) एक सूचना जारी गरी नेपाल आइडियलले समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्दै सचेत गराएको जनाएको छ ।
एपीवानले तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ भन्दै भनेको छ,‘त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी चुप लागेर सहेर बस्ने छैनौं ।’
१२ बुँदामा सूचना जारी गरेको एपीवानले के भनेको छ त ?
१. जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ । अमेरिकन वा ईन्डियन आईडलमा जे हुन्छ, नेपाल आईडलमा पनि त्यहि भएको हो ।
२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन् ।
३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।
४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठीत कंपनी अवश्य पनि हैनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ।
५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।
६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ ।
७. विदेशी च्यालनलाई करोडौ तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा करोडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार ह्दय भएका हामी आफ्नै होनहार नेपालीलाई भोट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं।
८. यसरी नेपाली टिभी र शो बन्द गराई विदेशी च्यालन र शोलाई प्रोत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुरोध छ।
९. भोटिगंको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।
१०. गतहप्ताको ३७.२० लाख भोट क्ःक् र इलष्लिभ ख्यतष्लन बाट प्राप्त संख्या हो, क्ःक् बाट मात्र आएको रकममा ५३ (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४० (प्रतिशत) सर्भिस प्रोभाईडर र बाँकीको रकममा फ्रिमेन्टल को ५० (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो। क्ःक् भोटिंगको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खोज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुरोध गर्दछौ।
११. नेपाल आईडल एक व्यवसायिक शो हो, करीब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको भएको छ, नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साहि व्यक्तित्वहरुको करोडौ रुपैयाँ यसमा लगानी भएको छ, त्यो सब निशुल्क कसरी सम्भव छ ? एपिवानको त्यतिको आर्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिंगको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ? नबिर्सौ बाढीपीडितका लागि भनेर रू. आठलाख पनि सहयोग गरिएको छ।
१२. नेपालमा ३०औं वर्षदेखि सरकारी र नीजि च्यानलहरु संचालित छन आजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा आफ्नै भाषामा एउटा अन्तर्रा्ष्ट्रियस्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपिवानले गलती कहाँ गरेको छ?
नेपालमा पनि यो स्तरको भव्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ, यो शो ले संसारभरका नेपालीलाई जोडेको छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु आज नेपालकै आईडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन?