हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल खाद्य संस्थानका ‘खलनायक’ नै महाप्रबन्धकको दौडमा

१८ भदौ, काठमाडौं । ‘उनी संस्थानका लागि बोझ हुन्, उनले अवकाश पाएर विदा हुँदा हामी निकै खुशी छौं,’ नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठले अवकाश पाएको केही समयपछि संस्थानका एक अधिकारीले  भनेका थिए ।

संस्थानका ती अधिकारीको भनाइबाटै तत्कालीन महाप्रबन्धक श्रेष्ठको व्यवहारबाट संस्थानका कर्मचारी कति आजित थिए भन्ने स्पष्ट हुन्छ ।

६ साउन ०७० मा संस्थानको महाप्रबन्धक नियुक्त भएका श्रेष्ठले चार वर्षे कार्यकाल पूरा गरी गत १७ साउनमा अवकाश पाए । ‘त्यसबीचमा संस्थानका लागि सिन्को पनि भाँचेनन्,’ एक अधिकृत भन्छन् ।

महाप्रबन्धकका रुपमा उनले संस्थानमा ‘खलनायक’ को छवि बनाएका थिए । अवकाश पाएको एक महिना नबित्दै सोही पदका लागि आवेदन हालेका छन् ।

उक्त पदमा आवेदन दिएका आठ जनामध्येका हुन्, उनी । आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला अर्यालले भनिन्, ‘पूर्वमहाप्रबन्धक शिवहरि श्रेष्ठले पनि निवेदन दिनुभएको छ ।’

संस्थानमा योग्य उम्मेदवार आवश्यक भएकाले आफूले आवेदन दिएको श्रेष्ठको दाबी छ ।

२०७१ सालमा आपूर्ति मन्त्रालयले श्रेष्ठको कार्यसम्पादन मूल्यांकन कमजोर भएको बताउँदै कारवाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सञ्चालक समितिले त उनलाई अवकाश दिएर नयाँ महाप्रबन्धक नियुक्त गर्न सिफारिस गरेको थियो । त्यही बीचमा सरकार ढल्यो र बाँकी आठ महिना संस्थान महाप्रबन्धक रहिरहे ।

चार वर्षे कार्यकालमा कुनै वर्ष उनको कार्यसम्पादन मूल्यांकन राम्रो रहेन । ‘०७१ सालमा भएको कासमूमा उनले ३३ अंक पाएका थिए,’ आपूर्ति मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कार्यावधिभरि कमजोर कार्यसम्पादन हुँदा पनि उनले चार वर्ष संस्थानको महाप्रबन्धक खाए ।’

सरकारी कार्यालय वा संस्थानमा प्रमुख नियुक्त गर्दा सरकारले उम्मेदवारहरुबाट सुधारको प्रतिबद्धता र ‘बिजनेस’ योजना माग गर्छ । र, हरेक वर्ष त्यसबमोजिम काम गरे/नगरेको प्रगति माग गर्छ । ५० प्रतिशतभन्दा कम कार्यसम्पादन अंक ल्याए संस्थान प्रमुखबाट हटाउन सकिने व्यवस्था नियुक्तीपत्रमै उल्लेख हुन्छ ।

खाद्य संस्थान निर्देशन बोर्डको व्यवस्थामै ५० प्रतिशतभन्दा कम अंक ल्याउने प्रमुखलाई एक पटक सचेत गराएर सेवाबाटै हटाउने सकिने उल्लेख छ ।

श्रेष्ठको कार्यसम्पादनप्रति संस्थानको सञ्चालक समिति पनि आजित थियो । सञ्चालक समितिको निर्णयलाई उनले बारम्बार लत्याउँदै आएका थिए । सञ्चालक समितिले गर्नुपर्ने मूल्यांकन उनी स्वयंले गर्ने गरेका थिए । तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबाबु थापाको आडमा उनी जोगिए ।

२०७२ सालमा आपूर्ति मन्त्री गणेशमान पुनले पनि श्रेष्ठको कामकारवाहीप्रति असन्तुष्ट भए पनि श्रेष्ठलाई कारवाही गर्न सकेनन् । त्यसपछि आपूर्तिमन्त्री बनेका दीपक बोहराले कारवाहीस्वरुप उनलाई करीव आठ महिना मन्त्रालयमा ताने । तर, पुनः संस्थानको महाप्रबन्धकमै फिर्ता पठाए ।

आफूलाई नमानेको भन्दै सञ्चालक समितिले पटक-पटक कारवाहीका लागि मन्त्रालयलाई सिफारिस गर्‍यो । तर, हरेक पटक कारवाहीबाट जोगिए । त्यस क्रममा दुई पटक त मन्त्रालय नै तानियो । करिब डेढ वर्ष मन्त्रालयमा बिताए । तर, हरेक पटक महाप्रबन्धककै भूमिकामा फर्किए ।

संस्थानका एक अधिकारीका अनुसार ७५ हजार रुपैयाँ मासिक तलबमा श्रेष्ठ महाप्रबन्धक बनेका थिए । तर, यसबीचमा दुई पटक आफैंले तलब बढाए । त्यसका लागि सञ्चालक समितिको स्वीकृति लिएनन् । आफ्नो तलब अन्तिमसम्ममा एक लाख १५ हजार रुपैयाँ पुर्‍याएका थिए ।

श्रेष्ठको विवादास्पद छवि खाद्य संस्थानमा आएर मात्र छताछुल्ल भने भएको होइन । त्यसअघि उनी बीमा संस्थानको प्रमुख थिए । बीमा संस्थानमा अक्षम सावित भएका उनलाई खाद्य संस्थानमा नियुक्ती दिइयो ।

चार वर्ष बीमा संस्थानमा रहँदा लेखा परीक्षण गराउन तथा जीवन/निर्जीवन कम्पनी नै छुट्याउन सकेनन्, उनले । सोही कारण उनलाई पदावधि सकिनुअघि नै हटाइयो । तर, उनलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदियो । बीमा संस्थानमा रहँदा उनलाई अनियमितता गरेको आरोप पनि लागेको थियो ।

खाद्य संस्थानको महाप्रबन्धक बनेपछि उनी विशालबजार कम्पनी लिमिटेडको सञ्चालक समिति पनि अध्यक्ष थिए । सरकारी जग्गामा बनेको विशालबजारको सेयर हिस्सा अझै पनि सरकारको मातहतमा आउन सकेको छैन । उनले ल्याउने प्रयास गरेनन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्ष रहँदै भारत भ्रमणमा जाने बताउँदै उनले पेस्की बुझेका थिए । उक्त विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

दुर्गममा खाद्यान्न ढुवानी तथा खरिदमा पनि अनियमितता गरेको आरोप श्रेष्ठमाथि लागेको छ । पछिल्लो समय बाढीपीडितलाई पठाइएको सिमी र खाद्यान्नमा पनि गोबर, ढुंगा र माटो फेला परेका थिए । उक्त सिमी र खाद्यान्न श्रेष्ठ महाप्रबन्धक हुँदा नै खरिद गरिएको थियो । ठेकेदारसँग मिलेमतो गरी कम गुणस्तरका खाद्यान्न खरिद गरेको आरोप उनीमाथि छ । यस विषयमा मन्त्रालयले छानविन समिति गठन गर्ने बताएको छ ।@ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution