उत्तर कोरियामा ठूलो भूकम्पको धक्का, परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान

भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ ।
उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ । यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ । अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो ।
उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो । उत्तर कोरियाका नेत किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताएको थियो ।