विदेशी गिरोहसँग मिलेर फेसबुकमार्फत युवतीको यस्तो धन्दा
काठमाडौँ – विदेशी गिरोहसँग मिलेर दर्जनौ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
शेर्पालगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै फोन गर्न गर्ने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन् ।
हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको खबर नयाँ पत्रिकामा छ ।