खगेन्द्र लामिछानेको नयाँ फिल्म ‘खोक बहादुरको डण्डीबियो’ आउंदै

काठमाडौं – ‘पशुपतिप्रसाद’ र ‘धनपति’पछि खगेन्द्र लामिछानेको लेखनमा नयाँ फिल्म ‘खोक बहादुरको डण्डीबियो’ निर्माण हुने भएको छ।छेतन गुरुङको निर्देशन रहेको फिल्मको घोषणा आधिकारिक पोस्टरमार्फत गरिएको छ। सुमी श्रेष्ठ घले र बिनोद गुरुङले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्ममा निर्देशक छेतेन गुरुङले पनि लेखनमा साथ दिदैँछन्।
छेतेन गुरुङको यो फिल्ममा डेब्यु निर्देशन हो। फिल्मको निर्माण युनिटको मात्र नाम समेटिएको पोस्टरमा अन्य कलाकारहरुबारे भने जानकारी दिइएको छैन।