प्रतियोगिताका जजहरुलाई पाइलट बिजय लामाको टिप्स्, रामकृष्ण ढकालको प्रतिक्रियाले तरङ्ग

नेपाल आइडलमा केही दिन अघि राम कृष्ण ढकालले दिनु भएको प्रतिकृयाले एक किसिमको तरङ ल्याएको छ नेपालमा | सबैले आ-आफ्नो बिचार ब्यक्त गर्दै गरेको पाइन्छ सामाजिक सन्जालहरुमा | धेरै जसोले आक्रोश पोखेका छन् भने कोइ कोइले चाहिँ neutral भएर लेखेका छन |
यसो हेर्दा मलाई यस बारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णाएक प्यानल सदस्य (judge) भएर निभाउनु पर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चाहन्छु |
नेपाल आइडल होस या कुनै पनि कार्यक्रममा जजहरुले:
१: प्रतिस्पर्धीहरुलाई तिमी भन्नू राम्रो होइन |
२: Judge गर्दा होस या प्रतिकृया दिंदा निश्पक्ष हुनु जरुरी हुन्छ |
३: कुनै एक वा दुई लाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन |
४: सबैलाई हौसला दिनुपर्छ नकि आफ्नो प्यारोलाई मात्र |
५: सल्लाह सुझाब दिंदा सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्छ ताकी प्रतिस्पर्धीहरु उठ्न सकुन् र राम्रो प्रस्तुती दिन सकोस् |
६: एक अर्का प्रत्स्पर्धी बिच तुलना गर्नु मिल्दैन |
७: वाक स्वन्तन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन |
यी सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला राम भाइ भनेर वहाँले सुझाब समेत दिएका छन् |
एउटा सेलिब्रिटीले त्यसरि एक दुई जनालाई मात्र खुलेआम (appreciate) राम्रो भन्दा भोटिङ मा धेरै फरक हुन जान्छ…सबैको हौसला बढाउने कुरा राख्नुपर्छ |