उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाशमा,जापानी नागरिक आतंकित

१३ भदौ, काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज पठाएर पनि सतर्क रहन भनिएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको छ । उसको आकाशमा यसरी उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना हो । जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ ।
जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो । यद्यपि त्यसले क्षति पुर्याए-नपुर्याएकोबारे केही खुलेको छैन ।
उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
जापानी नागरिक आतंकित
सरकारले सुरक्षित रहन भन्दै सूचना जारी गरेपछि जापान बस्दै आएकाहरु आतंकित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई सूचना शेयर गरिरहेका छन् ।
जापान बस्दै आएका नेपाली विद्यार्थी शिशिर शर्माले आफ्नो फेसबुकमा पेजमा लेखेका छन्, ‘हामी जस्ता विदेशी लगायत सम्पूर्ण जापानी जनतालाई सुरक्षित रहन भन्दै भर्खरै मोबाइलामा इमर्जेन्सी अलर्ट आएको छ । उत्तर कोरियाको आणविक मिसाइल जापानी उत्तरी सीमा क्षेत्रमा खसेको छ ।’
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् । उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आए पनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन् ।
तनाव बढ्ने अनुमान
उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।
मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।
सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइयोस्’
जापान र अमेरिकाले उत्तर कोरियाले पुनः बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।
उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो।
सुरक्षा परिषद्को बैठक मंगलवार अबेर बस्ने बताइएको छ।
जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन्।
जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’ भएको प्रतिक्रिया दिएका छन्।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो।
प्योङयाङले हालैमात्रै अमेरिकी मूल भूभागसम्म मार हान्न सक्ने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो।
उसले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना समेत बनाएको चेतावनी दिएको थियो। गुआम दक्षिण-पूर्वी जापानदेखि २,००० किलोमिटर टाढा पर्दछ। उत्तर कोरियाले गत शुक्रवार र शनिवार सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।@बीबीसी |