हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

ऐन संशोधन माग सहित प्रदर्शन

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी हालको ऐन द्वन्द्वकालमा राज्यको पक्षबाट हतियार चलाएका सुरक्षाकर्मीको विषयमा मौन रहेको दाबी गर्दै, त्यो संशोधन हुनुपर्ने मागका साथ आज अयोगमा धर्ना दिइएको छ।

त्यसरी विरोध गर्नेमा देशका सबै सुरक्षा अंगका बहालवाला र भूतपूर्व कर्मचारी तथा तिनका परिवारहरु रहेका छन्।
ऐन संशोधन गर्नका लागि सेना, जनपद र सशस्त्र प्रहरीको प्रतिनिधिको सहभागितामा एउटा कार्यदल गठन गर्न पनि उनीहरुले माग गरेका छन्।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा दुईमा सशस्त्र द्वन्द्वको क्रममा निशस्त्र व्यक्ति वा समुदाय विरुद्ध लक्षित योजनाबद्ध गरिएका हत्या, याताना, अपहरण आदि कार्य मानव अधिकारका गम्भिर उल्लङ्घन भनि परिभाषित गरिएको छ।

यसले द्वन्द्वकालमा राज्यको निर्देशनमा हतियार चलाएका सुरक्षाकर्मीलाई एक पक्षीय रुपमा प्रभावित पार्ने दाबी गर्दै उनीहरुको धारणालाई समेत समेटेर ऐन संशोधन हुनुपर्ने माग गरिएको हो।

पटक पटक मौखिक तथा लिखित रुपमा आयोग समक्ष गरिएको अनुरोध कार्यान्वयन नभएपछि विरोधमा उत्रनुपरेको भनाइ धर्नामा संलग्न प्रदर्शनकारीहरुको छ।

२०५८ सालमा सोलुखुम्बुमा तत्कालीन माओवादी विद्रोहीहरुसँग भएको भिडन्तका क्रममा घाईते भएका पूर्व प्रहरी जवान रणवीर लावती भने, “बिदामा गएका वा भागेका सुरक्षाकर्मीलाई ऐनले सम्बोधन गरेको छ तर दोहोरो भिडन्तमा परेका हामी जस्तालाई त्यसले समेटेको छैन। हामीलाई पनि समेट्न पर्‍यो भन्ने हाम्रो माग हो।”

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकायका परिवारको सहभागिता रहेको द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संघले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन गर्न एक बेग्लै कार्यदल गठन गर्न पनि माग गरेको छ।

फेरि रणवीर लावतीले भने, “२४ घण्टाभित्र तीन वटै सुरक्षा निकायका प्रतिनिधि र हाम्रो संघ सहितको प्रतिनिधि सहितको एक कार्यदल गठन हुनुपर्यो। यदि भएन भने हामी पनि हातमा दही जमाएर बस्ने वाला छैनौं।”

आफूहरु मात्रको पहलमा त्यस्तो कार्यदल गठन गर्न गाह्रो हुने सत्य निरुपण तथा मेलमिलाप आयोगकी एक आयुक्त माधवी भट्टले बताइन्।
उनले भनिन्, “त्यसलाई हामीले सिद्धान्ततः स्वीकार गरेपनि त्यस्तो कार्यदल गठन गर्न तीन वटै सुरक्षा निकाय पनि सहमत हुनुपर्ने हुनाले त्यो तीनवटा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल पछिमात्र हामी यसमा अगाडि बढ्न सक्छौं।”

सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको छानबिन गर्ने जिम्मेवारी साथ २०७१ साल माघमा गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो दुई वर्षीय कार्यकाल सकिएपछि फेरि एक वर्षको म्याद थपिएको थियो ।

आयोगमा ५८ हजार भन्दा बढी उजुरी परेका छन् र त्यसलाई छानबिन गरी निष्कर्षमा पुर्‍याउन अब करिब ६ महिना समय बाँकी छ।
आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाको स्पष्ट परिभाषा, विशेष अदालत गठन, बलात्कारसम्बन्धी मुद्दाको हदम्याद र यातना जस्ता विषयमा स्पष्टता माग गर्दै आएको छ।@बीबीसीनेपाली |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution