जिल्ला इन्चार्ज सहित ४८ जनाले लिङदेन नेतृत्वको पार्टी छोडे

१२ भदौ, इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च इलामका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज रीपल राईलगायत जिल्लाका ४८ जनाले पार्टी परित्याग गरेका छन् ।
पार्टी व्यक्तिवादी र अपारदर्शी भएको भन्दै उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । सोमबार विज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गर्नेहरुमा लिम्बूवानका जिल्ला उपाध्यक्षहरु गोपाल लिम्बू र फूलमाया नेम्बाङ, सचिवालय सदस्यहरु प्रेम कार्की, जुनु राई, कुसुम लोक्तान लगायत छन् ।
पार्टी त्याग गरेका उनीहरुले नेतृत्वले पार्टीलाई मागि खाने भाँडो बनाएको, विदेशबाट आएको सहयोग अपारदर्शी ढंगले खर्च गरिएको जस्ता आरोपहरु लगाएका छन् । लिम्बुवानको मागलाई त्यागेर अर्थ केन्द्रित भएको भन्दै उनीहरुले कुमार लिङ्देन नेतृत्वको पार्टीबाट राजिनामा दिएका हुन् । अनलाइनखबरबाट |