रुपा लामाले जितिन् – मिस हेरिटेज क्वीन नेपाल २०१७ को उपाधि

राष्ट्रिय नाचघरमा बुधबार राति अबेर सम्पन्न अन्तिम प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रूपाले सो उपाधि जित्नुभएको हो ।
त्यस्तैगरि, पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान प्रथम उपविजेता र काभ्रेकी संगीता तामाङ द्वितीय उपविजेता र सरिता लामा दोङ तृतीय उपविजेता बन्नुभएको छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मिस हेरिटेज क्वीनको शुभारम्भ गर्नुभएको थियो । ग्रेण्ड फिनालीको निर्णायकहरुमा सञ्चारकर्मीद्वय दीपक श्रेष्ठ, कृष्ण भुसाल, अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, नायिका रश्मि लामा र राजेन्द्र लुइँटेल हुनुहुन्थ्यो ।
प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगितामार्फत् प्रवद्र्धन गर्ने उद्देश्यले युथ क्रिएशन नेपालले पहिलो पटक मिस हेरिटेज क्वीन(२०१७ आयोजना गरेको हो ।
आायोजक संस्थाको अध्यक्ष रवि लामाको सभापत्विमा सम्पन्न कार्यक्रममा रक गायिका सरस्वती लामा, राधा थोक्रा, बुद्ध लामा घिसिङ, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया (भुनिया) ले गीत तथा नृत्य प्रस्तुति दिनुभएको थियो ।