मलेसियामा सडक दुर्घटनामा परेका तामाङ नेपाल प्रस्थान,इजरायल र साइप्रसबाट आर्थिक सहयोग

-छेवाङ तामाङ,मलेसिया
बैदेशिक रोजगारीको सिलसिलामा केहि बर्ष अघि मलेसिया आउनु भएका रसुवा जिल्ला राम्छे गाउँपालिका वार्ड नं. ३ निवासी आईतराम लोप्चन तामाङ गत जुलाई महिना २७ तारिखका बेलुका कामबाट खाना खानुका लागि आफ्नो होस्टेल जाँदै गरेको बेला सडक दुर्घटनामा परि एउटा खुट्टा दुई ठाउँमा भाँचिएको हुँदा कम्पनि द्वारा उपचारत खर्च जुटाउन नसकेका कारणले गर्दा उक्त उपचारका लागि तामाङ समाज मलेसियाको नेतृत्वमा “आइतराम तामाङ बचाउ अभियान”चलाएको थिए |
यस अभियानमा मलेसियन रिंगेट ५५१४ रकम संकलन गर्न सफल पश्चात पिडित तामाङको उपचार पुन निरन्तर पाएको थियो | बिषेश गरि यस पिडित उद्वार गर्नको निमित एनआरएनए मलेसिया द्वारा दुई वटा हवाई टिकेट सहित सहयोग गर्नु भएको थियो । एनआरएनए मलेसियाका अध्यक्ष विश्व राई र महासचिव सुन्दर आलेले बिषेश सहयोग गर्नु भएको थियो ।
त्यस पछि नेपाल राजदुताबास मलेसिया, शेर्पा किदुक मलेसिया, भोजपुर सेवा समाज मलेसिया, तामाङ बौद्ध महासंघ मलेसिया, नेपाल तामाङ घेदुङ इजरायल र नेपाल तामाङ घेदुङ साइप्रस लगायत मलेसियाका बिभिन्न संघ सँस्थाहरु द्वारा तामाङको उपचारको लागि आर्थिक सहयोग संकलन देखि लिएर नैतिक र भौतिक सहयोग गरि प्रदान गरेका थिए |
सबैको सहयोगले पीडित तामाङलाई पूर्णरुपमा नेपाल पठाउन सफल भएको छ । वहाँहरु सम्पूर्ण सहयोगी हातहरुलाई तामाङ समाज मलेसियाको तर्फबाट हृदय देखि धन्यवाद व्यक्त गरेको छ ।अझै पूर्णरुपमा उपचार नभएका हुनले देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा अार्थिक सहयोग गर्दिनु हुनको लागि हार्दिक अपील समेत गरेको छ | साथै तामाङ समाज मलेसियाले आइतराम लोप्चन तामाङको सिघ्र स्वास्थलाभको कामना समेत गरेको छ । तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङ द्वारा नेपालको एयरपोर्टबाट बिरामीको परिवारलाई जिम्मा लगाई सकेका छन् |