फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनको तीन महिनाको मेकअप खर्च २० लाख !
फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पदभार सम्हालेको करिब तीन महिना मात्र भएको छ। पदभार सम्हालेको तीन महिलामा उनले मेकअपमा मात्रै करिब २० लाख खर्च गरेका छन्।
उनको मेकअपको खर्चका कारण उनी अहिले चर्चामा आएका छन्। उनले प्रधानमन्त्री बनेको सुरुवाती दिनमै मेकअपमा मात्रै २६ अजार यूरो अर्थात १९ लाख ८१ हजार ८१७ रुपैयाँ खर्च गरेका छन्।
एक फ्रान्स म्यागजिनले उक्त खर्चका बारेमा खुलासा गरेको हो। ३९ वर्षीय राष्ट्रपति एमानुएल आफ्नो कार्यकालको एक सय दिनमा मेकअपमा मात्रै २० हजार यूरो अर्थात ३० हजार डलर आफ्नो मेकअपमा खर्च गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ।
उक्त समाचारका अनुसार उनको हरेक महिना मेकअपमा मात्र १० हजार डलर तथा एक दिनमा ३३० डलर खर्च हुनेछ। उनले खर्च गरेको सबै पैसा सरकारी थियो।
उनका व्यक्तिगत मेकअप आर्टिस्टलाई २ पटक रकम बुझाइएको छ। जसमध्ये एउटा विल १० हजार यूरो र अर्को १६ हजार यूरो रहेको थियो। उक्त बिल उनले यात्राको दौरान र पत्रकार सम्मेलनका लागि खर्च गरेका थिए। @ एजेन्सी ।