हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

एनआरएन द्वारा मधेसको पीडामा मल्हम ,राहत वितरण कार्यक्रम जारी

११ भदौ, सप्तरी । मुलुकमा झण्डै दुई साता अगाडी आएको बाढी र डुबानको प्रकोपबाट प्रभावित झण्डै ४ हजार पाँच सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालिन राहत सामाग्री वितरण गरेको छ ।

गृहमन्त्रालयसँगको समन्वय र सुझावमा संघले सबैभन्दा बढी प्रभावित भएको जिल्ला सप्तरीका पाँचवटा स्थानमा राहत बितरण गरेको हो । संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढी प्रभावित परिवारलाई राहत बितरण गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रत्यक्ष नेतृत्वमा चार दिन राहत वितरण गरिएको थियो । बाढीले घर बगाएका परिवारलाई ओत दिन संघले त्रिपाल र झुल तथा केही दिनका लागि पुग्ने खाद्यसामाग्री संलग्न रहेको प्याकेज बितरण गरेको छ । जसमा २५ किलो चामल, दाल, नुन, तेलजस्ता अत्याबश्यक खाद्य सामाग्री पनि समावेश थिए । प्रतिपरिवार झण्डै ६ हजार रुपैयाँ बराबरको राहत प्याकेज संघले बितरण गरेको हो ।

‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन,’ अध्यक्ष शेष घलेले राहत वितरण सकिएपछि भने, ‘बाढी प्रभावितले गासबासको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर गैरआवासीय नेपाली संघले आपतकालिन राहत मात्रै बितरण गरेको हो, उहाँहरुलाई पुनःस्थापित गर्न नेपाल सरकारले नै काम गर्नुपर्छ ।’

तराईक्षेत्रमा बाढी र डुबानको समस्या आएसँगै एनआरएनएले आपतकालिन राहत कोषको स्थापना गरी राहत वितरण कार्य सुरु गरेको थियो ।

राहत वितरणमा सहभागी हुन संघका अध्यक्ष घलेसँगै उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा, मध्यपूर्व सहसंयोजक धर्मराज गिरी, आईसीसी सदस्य जमुना गुरुङ, महिला संयोजक सपिला राजभण्डारी, आइसीसी सदस्य जयप्रकाश गुरुङ, एमआइटी ग्रुपका म्यानेजर सुरेश चित्रकार, एनआरएन युकेका राजेन्द्र भट्ट तथा नेपालमा रहेका गैरआवासीय नेपाली स्वयंसेवकहरु सप्तरी पुगेका थिए ।

 

राहत वितरण कार्यको संयोजन एनआरएनए बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ र मध्यपूर्व संयोजक धर्मराज गिरीले गरेका थिए ।

राहत वितरणसँगै संघले ती स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । आइसीसी सदस्य झुमादेवी लिम्बुको संयोजनमा चिकित्सक तथा नर्सहरु सहभागी स्वास्थ्य शिविरले ती क्षेत्रका एक हजार पाँच सयभन्दा धेरै बिरामीलाई प्राथमिक उपचार गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् ।

त्यस्तै एनअारएन टोलीले बाढी र डुवानका कारण बिग्रिएको सडकसमेत ग्रावेल गरी हिड्नमिल्ने बनाएको थियो ।

 

आपतकालिन राहत कोषमा रकम संकलन गर्ने तथा राहत बितरण कार्यमा स्वयंसेवकका रुपमा सहभागी हुने सबै गैरआवासीय नेपालीहरुलाई संघका अध्यक्ष घलेले हार्दिक आभार प्रकट गरेका छन् । साथै उनले नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय स्वयंसेवीहरुलाई पनि राहत बितरणलाई सहज बनाउन सहयोग गरेकोमा धन्यबाद दिएका छन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution