हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न गगन थापाको माग

८ भदौ, काठमाडौं । नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेकाले त्यसलाई खारेज गर्न माग गर्दै पूर्वस्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनको सन्दर्भमा त्रिविले गरेको गलत निर्णयले नेपालको स्वास्थ्य सेवामा दीर्घकालिन असर पर्ने दाबी थापाको छ ।

विगतमा सरकारले पटक-पटक राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिने र काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने समझदारी डा. गोविन्द केसीसँग गरेको छ । तर, सहमति कार्यान्वयन नभएको भन्दै केसी पटक-पटक अनसनसमेत बस्दै आएका छन् । यसै बेला विगतका समझदारी प्रतिवद्धताको भावना र मर्म विपरित दिइएको सम्बन्धन अविलम्ब खारेज गर्न थापाले माग गरेका छन् ।

‘सर्वोच्च अदालतको पुरानो निर्णयलाई आधार बनाएर नेशनललाई सम्वन्धन दिइए पनि अर्को निर्णय भइसकेकाले त्रिविको यो निर्णयले सरकार स्वयंको पटक-पटक गरेको प्रतिवद्धताको बर्खिलाप तथा यस सम्वन्धमा अदालतले गरेको पछिल्लो फैसलाको प्रतिकुल र अपव्याख्या समेत गरिएको छ,’ प्रस्तावमा भनिएको छ, ‘योभन्दा पनि गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्य माथि नै खेलवाड गरिएको छ । जब जनस्वास्थ्यको समेत खेलवाड गर्ने निर्णयहरु गरिन्छन् त्यतिबेला सम्मानित संसदले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्नैपर्छ ।’ @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution