हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

केन्द्रीय तहका मधेसी नेताहर माओवादी केन्द्रमा प्रवेश

नेपालगन्ज : पछिल्लो समयमा मधेसी पार्टीको दोधारे नीतिका कारण बाँकेका केन्द्रीय स्तरका नेताले पार्टी छोडेका छन् ।
प्रदेश नं. ५ को निर्वाचन वहिष्कारपछि असन्तुष्ट रहँदै आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य आदेश कुमार अग्रवाल, जिल्ला उपाध्यक्ष करिम अहमद अन्सारी ‘प्रधान’, राजपाका चर्चित नेता ललित कुमार रौनियार, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यद्वय जगदिश बहादुर सिंह र कान्ताप्रसाद खटिकाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
युवा नेता अग्रवाल नेपालगन्ज उपमहानगरपालिकाको मेयरका दाबेदार रहेका थिए । अग्रवाल नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत हुन् ।

माओवादी केन्द्रमा प्रवेश गरेका अन्सारी राजपाका जिल्ला उपाध्यक्ष हुन । अन्सारी साविक जयसपुर गाविसका अध्यक्ष हुन् । रौनियार, मधेस आन्दोलनमा सधै अग्रपंक्तीमा रहेर पटक–पटक गिरफ्तार हुँदै आएका थिए । आन्दोलनका क्रममा धेरै पटक रौनियार घाइते समेत भएका थिए ।
स्थानीय तहको निर्वाचनको समयमा रौनियारले नेपाली कांग्रेसका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाको गाडी तोडफोड गरेका थिए । रौनियार तराई मधेस लोकतान्त्रिकका जिल्ला सचिव, जिल्ला उपाध्यक्ष भएका थिए । उनी हाल राजपाका बाँकेका प्रभावशाली नेताका रुपमा परिचित थिए । मधेसप्रति बढी सदासयता देखाउने अभिव्यक्तिका कारण रौनियार धेरै पटक विवादमा समेत परेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यद्वय सिंह र खटिका मधेस आन्दोलनको सुरुवातदेखि फोरममा सक्रिय रहदै आएका थिए । स्थानीय तहको निर्वाचनको समयमा सिंहले डुडुवा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।
फोरमले भर्खरै नेपाली कांग्रेसबाट प्रवेश गरेका विजय यादवलाई उम्मेदवारी बनाएपछि सिंहको उम्मेदवारी खारेज भएको थियो । सिंह नेपाल राष्ट्र बैंकका सेवा निवृत प्रबन्धक हुन् ।
उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीका लगाई पार्टीमा प्रवेश गराएको माओवादी केन्द्रका पोलिब्युरो सदस्य दामोदर आचार्यले जानकारी दिए । राजपा छोडेर माओवादीमा प्रवेश गरेका अग्रवालले मधेशी दलको ध्यान २ नम्बर प्रदेशमा मात्र केन्द्रित भइ ५ नम्बर प्रदेशका नेता कार्यकर्ताको विचल्ली भएपछि पार्टी छोड्न बाध्य भएको बताए ।
‘संविधान संशोधन फेलपासको नाटक गर्नु नै थियो भने ५ नम्बरको निर्वाचन हुनुभन्दा पहिले नै गरेको भए हुन्थ्यो । हामी जस्ता नेता कार्यकर्ता विचल्लीमा त पर्ने थिएनौँ ।’ अग्रवालले भने, ‘मधेसी दलको ध्यान मात्र २ नम्बरमा केन्द्रित छ । हामीले त मधेसी दलको नेता र कार्यकर्ता भएको फिलिङ्गसम्म गर्न सकेनौँ । बाध्य भएर पार्टी छोड्यौँ। उनले प्रदेश नम्बर ५ का नेता कार्यकर्तालाई मधेसी दलका पूर्व नेता सधै विभेद गर्ने गरेका समेत बताए ।
उनले माओवादीले मधेसी, मुस्लिम, जनजाति, सबैलाई मिलाएर लाने विश्वासका साथ प्रवेश गरेका बताए । युवा नेता अग्रवालले अब माओवादी भित्र बसेर मधेसका मुद्दाहरु उठाउने बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution