हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काठमाडौंमा दिउँसै हम्मरले हानेर दाजुले गरे भाइको हत्या

काठमाडौं : बुधबार दिउँसो ३ बजे ४६ वर्षीय गौतम मानन्धर झोँछेस्थित आफ्नो घरको चौथो तलामा सुतिरहेका थिए। गौतमका दाजु राजु रन्थनिँदैं भाइको कोठाभित्र छिरे। अनि, निदाइरहेका गौतमको टाउकोमा हम्मरले अन्धाधुन्द प्रहार गरे। भाइ मरेको निश्चित भएपछि कोठा बन्द गरी आफू पनि मर्न निस्किए। पोखरामा गएर मर्ने योजना बनाएका थिए। तर, त्यसपछि आफू कता गइरहेको छु भन्ने समेत मेसो पाएनन्। घुम्दाघुम्दै एयरपोर्ट पुगेपछि मात्र थाहा पाए, उनी काठमाडौंमै रहेछन्। यसपछि उनको मुड फेरियो र प्रहरीसँग आत्मसमर्पण गर्ने निधो गरे। आफ्नै भाइको हत्या अभियोगमा बुधबार राति १० बजे पक्राउ परेका ५१ वर्षीय राजुले दिएको प्रारम्भिक बयानका आधारमा जनसेवा प्रहरी वृतका डीएसपी सन्तोष आचार्यले घटनाको वेलिविस्तार यसरी लगाए।

एयरपोर्टमा आइपुगेपछि राजीवले झोंछेकै एक स्थानीयलाई फोन गरी ‘जसरी पनि भेट्नु छ’ भन्दै बोलाएका थिए। राजीवले ती स्थानियलाई भेटेर घटनाबारे जानकारी गराए। ती स्थानीयले आत्तिँदैं विशाल बजारस्थित जनसेवा वृतलाई खबर गरे। जतिबेला राजु सोही क्षेत्रमा पुगिसकेका थिए।
‘भाइको हत्यापछि उनी विक्षिप्त अवस्थामा पुगेछन्’, जनसेवा वृतका डीएसपी आचार्यले भने। गौतम अविवाहित हुन्। उनी आमा र दाजु भाउजूसँगैं बस्दै आएका थिए। परिवारका दुई सन्तानमध्ये गौतम कान्छा हुन्।
प्रहरीका अनुसार गौतमले परिवारलाई लामो समयदेखी ‘टर्चर’ दिँदै आएका थिए। ‘सम्पत्तिको विवाद भन्दा पनि दाजुका हरेक काममा असन्तुष्टी राख्ने, किचकिच गर्ने , दाजु भाउजू र आमालाई धम्काउने गर्दा रहेछन्। आफूले भनेजस्तो हुनुपर्ने उनको माग हुँदो रहेछ’ , डीएसपी आचार्यले भने।
आठ, दश वर्षयता दाजुभाइको सम्बन्ध नराम्रो भए पनि बुधबारको घटना हुनु केही घन्टा अघि भने सम्पत्तिकै विवाद देखिएको थियो। प्रहरीका अनुसार, गौतमले जग्गा किन्न भन्दै एक जनासँग आठ लाख रुपैयाँ लिएका थिए, जुन राजीवलाई थाहा थिएन। तर पैसा दिने मान्छे पैसा माग्दै राजीवसँग आएपछि भाइप्रती थप रुष्ट बनेका थिए।
डीएसपी आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ। त्यसैले थप कुराहरु खुल्दै जालान्।’ राजुले आफ्नै घरमा कफी सप र किराना पसल सञ्चालन गर्दै आएका थिए। यता गौतमको ज्ञानेश्वरमा एक्युरियम पसल थियो।
राति १० बजेमात्र घटना बाहिर
गौतम लागु औषध दुव्र्यसनी थिए। उनी प्राय दिउँसो १२-१ बजेमात्र उठ्थे र दुई बजेतिर पसलतिर जाँन्थे। उनी सुत्ने कोठामा समेत हतपती कोही छिर्दैन थियो। उनको कुनै ठेगान नहुने भएकाले परिवारले उनी सुत्ने कोठाबाहिर रहेको टेबलमा बिहान बेलुकाको खाना लगेर राखिदिन्थ्यो। त्यसैले गौतम के गर्छन्, कता जान्छन्, परिवारले वास्ता गर्दैन थियो। प्रहरी बुधबार राति १० बजे घरमा पुगेपछि मात्र राजुको परिवारका अन्य सदस्यले गौतमको हत्या भएको चाल पाएका थिए। प्रहरी राजुको घरमा पुग्दा परिवारका अन्य सदस्य मस्त सुतिरहेका थिए।@ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution