हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

ट्रम्पले दिए सरकार ठप्प पार्ने धम्की

काठमाडौं, ८ भदौ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल ठड्याउनका लागि अमेरिकी सरकार ठप्प पार्ने चेतावनी दिएका छन् ।

एरिजोनाको फिनिक्समा मेक अमेरिका ग्रेट अगेन –यालीमा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विपक्षी डेमोक्रेट सांसदले अवरोध खडा गरिरहेको बताए ।असी मिनेट लामो आफ्नो भाषणमा उनले मिडियामाथि पनि आक्रमण गर्दै मिडियाले उग्रदक्षिणपन्थी समूहहरूलाई मञ्च प्रदान गरेको आरोप लगाए ।

तर हालै भर्जिनियाको चार्लोट्सभिलमा भएको हिंसामाथि आफूले गरेको विवादास्पद टिप्पणीलाई उनले दोहो–याएनन् । उक्त हिंसामा एक महिलाको मृत्यु भएको थियो ।त्यतिखेर उनले भाषणमा हिंसाका लागि सबै पक्ष जिम्मेवार रहेको बताएका थिए र त्यसको खुबै आलोचना भएको थियो ।

ट्रम्प अवैध रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूलाई रोक्नका लागि मेक्सिको सीमामा विशाल एवं सुन्दर पर्खाल बनाउन चाहन्छन् र संसद्ले त्यसलाई साथ देओस् भन्ने चाहन्छन् ।

तर सरकारको खर्च विधेयकमा यो पर्खालको लागतका लागि बजेट मञ्जूर गर्न डेमोक्रेट सांसदहरूको समर्थनको पनि आवश्यक पर्छ । त्यसको सम्भावना न्यून छ र डेमोक्रेटहरूले यो योजनालाई विफल तुल्याउने कसम खाइसकेका छन् ।

आफ्नो भाषणमा ट्रम्पले भने, ‘डेमोक्रेट सदस्यहरू पर्खालको योजनालाई विरोध गरेर अमेरिकाको सुरक्षालाई खतरामा पार्दैछन् ।’
उनले थपे, ‘आवश्यकता भयो भने सरकार ठप्प बनाइदिने खतरा पनि उठाउँछु ।’

संघीय सरकारको आर्थिक मामिलासँग जोडिएको कुनै विधेयक कांग्रेसबाट पास भएन भने ठप्पको स्थिति आउँछ । अत्यावश्यक श्रेणीमा नआउने सबै सेवा यस्तो स्थितिमा ठप्प हुन्छन् ।

संसदमा नयाँ बजेटमाथि छिट्टै बहस हुँदैछ । यो विधेयक पारित नभएका अक्टोबर महिनाको १ तारिखबाट सबै कामकाज ठप्प हुनेछन् ।
@ बीबीसी हिन्दीबाट|






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution