चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह

डोक्लाम विवादमा पछिल्लो दुई महिना देखि भारत र चीन अल्झिएका छन् । सीमा क्षेत्रमा दुवै तर्फका सेना आमने सामने भएका छन् ।
यसैबीच चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्कता चेतानवी जारी गरेको छ । चीनले आफ्नो नागरिकको सुरक्षालाई लिएर सतर्क रहन आग्रह गरेको छ । पछिल्लो दुई महिनामा चीनले दोस्रो पटक सुरक्षा चेतावनी दिएको हो ।
चिनियाँ मिडियाले ग्लोबल टाइम्समा सुरक्षा चेनावनी ट्वीटमा सेयर गरेको छ । जसमा चिनियाँ उच्चायोगले भारतमा रहेका सवै चिनियाँ नागरिकलाई आफ्नो सुरक्षाको मामलामा सचेत रहन र भारतमा रहँदा हुने विरामीबाट आफूलाई बचाएर राख्न आग्रह गरेको छ ।