प्रधानमन्त्री देउवाले तिरुपती र बोधगयामा धार्मिक भ्रमण गर्ने

भाद्र ७, २०७४- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले धार्मिक स्थलहरुको भ्रमण पनि गर्ने भएको छ । देउवाले पहिले तिरुपति मन्दिरको भ्रमण गर्ने र त्यहाँ पुजाअर्चना गर्ने कार्यक्रम छ । त्यसपछि देउवाले बोधगयाको भ्रमण गर्ने कार्यक्रम छ ।
भारतमा भारतीय जनता पार्टीको सरकार रहेको सन्दर्भमा भाजपासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन देउवाले धार्मिक स्थलहरुको भ्रमण छनौट गरेका हुन् । भाजपालाई हिन्दू नेसनलिष्ट पार्टीको रुपमा लिइन्छ ।