हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण र जनअपेक्षा

भाद्र ७, २०७४- यतिखेर बाढी, पहिरो, डुबान र कटानका कारण सिङ्गो मुलुकले पीडा भोगिरहेको छ । हजारौं घरपरिवार बासविहीन बनेका छन् । सयौं परिवार आफन्तजन गुमाउनुपरेको पीडाबाट छट्पटाइरहेका छन् । नेपालको तराई भू–भागमा वर्षेनि आउने बाढी, डुबान र कटानको मुख्य कारण छिमेकी भारतले सीमा क्षेत्रमा बनाएका ब्यारेज, बाँध, तटबन्ध र सीमासडक हुन् भन्ने जगजोहर छ । बाढी, डुबान र कटानबाट मुलुक शोकमा डुबिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गर्दैछन् । यो एउटा संयोगमात्रै हो । तर यसलाई मुलुकको हितमा उपयोग गर्न प्रधानमन्त्री देउवाले राजनीतिक कला र साहस देखाउन सक्नुपर्छ । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा भारतीय समकक्षीसँग निम्न कुरा प्रस्टसँग राख्नुपर्छ ।

१. अवैधानकि बाँध एवं तटबन्ध भत्काउने

नेपाल–भारत सिमानामा भारतद्वारा बनाइएका दर्जनौं बाँध एवं तटबन्ध अन्तर्राष्ट्रिय कानुन र सन्धि विपरीत छन् । सीमा क्षेत्रमा भारतले एकतर्फी बनाएका अवैधानिक बाँध एवं तटबन्धले नदीहरूको प्राकृतिक बहावलाई रोक्नाले नेपालको तराईको अधिकांश भू–भाग वर्षेनि बाढी, डुबान र कटानमा पर्दै आएको छ । जसबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । भारतले बनाएका मोरङको लुना, सप्तरीको खाँडो–पुनौली, रौतहटको लालबकैया र बरगनिया, रूपन्देहीको रसियावाल–खुर्द–लोटन र डन्डाफरेना, कपिलवस्तुको महलीसागर, दाङको कोइलाबास, बाँकेको लक्ष्मणपुर र कलकलवा, कैलालीको कैलाशपुरी लगायतका दर्जनौं बाँध एवं तटबन्ध अवैधानिक हुन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानु अगावै यस बारेमा विस्तृत जानकारी लिन आवश्यक छ । तयारी विना गरिने सतही कुराको कुनै तुक हुँदैन । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सीमा क्षेत्रमा एकतर्फी बनाइएका बाँध एवं तटबन्ध तत्काल भत्काउनुपर्ने विषय भारतीय समकक्षी समक्ष अत्यन्त विनम्र तर तर्कपूर्ण ढंगबाट राख्नैपर्छ । अवैधानिक बाँध एवं तटबन्ध भत्काउने सहमतिले एकातिर भारतको महानता प्रदर्शित हुन्छ भने अर्कोतर्फ तराईवासी नेपाली जनताले बाढी, डुबान र कटानको समस्या भोग्नु पर्दैन, अनि दुई देश बीचको मित्रता पनि प्रगाढ बन्छ ।

 

२. विगतका सन्धि–सम्झौता पुनरावलोकन

तराई भू–भाग बाढी, डुबान र कटानमा पर्नुको दोस्रो कारण हो, विगतमा गरिएका नदीनालासँग सम्बन्धित सम्झौता । ती सम्झौताबाट कुनै न कुनै प्रकारले नेपाललाई हानि पुगिरहेको छ । उदाहरणको रूपमा कोशी व्यारेजका ढोकाहरू भारतीय पक्षले समयमा नखोलिदिंँदा प्राय: प्रत्येक वर्ष नेपाली भूमि बाढी, डुबान र कटानमा पर्छ । सन्धि–सम्झौता दुवै देशलाई हित होस् भन्ने उद्देश्यबाट गरिन्छ । तर कोशी व्यारेजको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय पक्ष संवेदनशील नभइदिँंदा नेपाली पक्षले प्रत्येक वर्ष मार खेप्नुपर्छ, जुन पारस्परिक हित विपरीतको कुरा हो । तसर्थ कोशी ब्यारेजमा भारतीय पक्षको एकलौटी जिम्मेवारीलाई पुनरावलोकन गर्न आवश्यक छ । कोशी सम्झौता कुनै शिलालेख होइन । दुई देशका तत्कालीन सरकारबीच भएका सन्धि–सम्झौतालाई आपसी हितलाई मध्यनजर गरी पुनरावलोकन गर्दै अघि बढ्नु नै मित्रताको परिचय पनि हो । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा कोशी सम्झौता लगायत विगतका सन्धि–सम्झौता पुनरावलोकन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ । सन्धि–सम्झौता पुनरावलोकन नेपालको हितमा हुनेछ र भारतको अहितमा पनि हुने छैन ।

 

३. सीमा सडक निर्माण रोक्ने

बाढी, डुबान र कटानको तेस्रो कारण हो, केही वर्षदेखि भारतले बनाउन थालेको सीमा सडक । भारतले सीमा सडकका नाममा दसगजासँगै जोडेर ३ मिटरभन्दा अग्लो बाँधजस्तै सडक बनाइरहेको छ । सीमा सडक भारतले नेपालको सीमासँगै समानान्तर हुनेगरी १ हजार ७ सय ५१ किमिको बनाउने योजनाका साथ सुरु गरेको हो । भारतले बनाउँदै गरेको सीमा सडक निर्माणकार्य सम्पन्न भएपछि नेपालको तराईमा लाखौंलाख हेक्टर जमिन न बस्तीयोग्य रहनेछ, नत खेतीयोग्य नै । भविष्यमा यति विघ्न विकराल परिस्थिति आइपर्ने देख्दादेख्दै पनि नेपालले भारतीय नेतृत्वसँग कुरा उठाउन नसक्नु विडम्बना मात्रै नभएर खेदजन्य कुरा हो । राष्ट्रिय हितका लागि छिमेकी मुलुकको नेतृत्वसँग प्रस्ट कुरा राख्न नसक्ने नेतृत्व जोसुकै भए पनि नालायक नै हुन् । एकतर्फी रूपमा सीमा सडक बनाउन नहुने विषयमा भारतीय नेतृत्वसँग कुरा गर्ने अवसर प्रधानमन्त्री देउवालाई आएको छ । भारत भ्रमणका क्रममा उनले पनि यस विषयमा भारतीय नेतृत्वसामु मुख खोल्न सकेनन् भने देशले भविष्यमा भयानक संकट भोग्नु पर्नेछ ।

४. २०५८ सालको सहमति कार्यान्वयन

देउवा २०५८ सालमा प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा गएका थिए । भ्रमणका बेला दुई देशको प्रधानमन्त्रीद्वारा संयुक्त वक्तव्य जारी भएको थियो । वक्तव्यमा सीमा क्षेत्रमा बनेका भौतिक संरचनाहरूका कारण बाढी, डुबान र कटान भएको सन्दर्भमा दुवै देशका प्रतिनिधि रहने उच्चस्तरीय अध्ययन समिति गठन गरी समाधन गर्ने सहमति भएको उल्लेख छ । तर सहमति भएको १६ वर्षमा न उच्चस्तरीय अध्ययन समिति बन्यो, नत त्यसपछि प्रधानमन्त्री बनेकाहरूले उक्त सहमति कार्यान्वयनका लागि फलोअप नै गरे । त्यो सहमति कार्यान्वयन भइसकेको भए मुलुकले वर्षेनि विपत्ति भोग्नुपर्ने थिएन । फेरि देउवा प्रधानमन्त्रीकै रूपमा भारत भ्रमणमा जाने बेला प्रकृतिले नै १६ वर्ष पहिले भएको सहमति कार्यान्वयनलाई सम्झाइदिएको छ । पुरानो सहमति कार्यान्वयनको जग बसाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई नै आइपुगेको छ । यो भारत भ्रमणको क्रममा २०५८ सालमा भएको सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

 

५. राहत होइन, साथ

बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने विपद् व्यवस्थापन एवं राहत वितरणमा नेपाल सरकारसँगै विभिन्न संघ, संस्था एवं राजनीतिक पार्टीहरू जुटेका छन् । दुई छिमेकी मुलुक चीन र भारतले पनि राहत घोषणा गरेका छन् । चिनियाँ उप–प्रधानमन्त्री वाङ चाङले नेपाल भ्रमण सकेर फर्कने क्रममा राहतस्वरुप १० करोड रुपैयाँ सहयोगको घोषणा गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भदौ २ गते साँझ प्रधानमन्त्री देउवालाई फोन गरेर २५ करोड रुपैयाँ राहत सहयोगको घोषणा गर्दै नेपालीको दु:खमा सधंै भारतको साथ रहने बताएका रहेछन् । दु:खको बेला साथ दिनु स्वागतयोग्य कुरा हो । तर सीमा क्षेत्रमा एकतर्फी बनाएका दर्जनौं बाँध र तटबन्ध भत्काउने, सीमा सडक नबनाउने र विगतका सन्धि–सम्झौता पुनरावलोकन गर्न सहमत हुने हो भनेमात्रै यथार्थतामा भारतले नेपालीलाई साथ दिएको ठहर्छ । अन्यथा भारतले गरेको राहत घोषणा र नेपालीको दु:खमा साथ दिने कुरा गोहीको आँसुजस्तै हो ।

(लेखक-धनराज गुरुङ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद) 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution