हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

थप १५ राज्यमन्त्रीद्वारा शपथ, देउवा सरकार ४९ सदस्यीय

 

काठमाडौं। जम्बो मन्त्रिपरिषद गठन गरेर यसअघि नै विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पुन जम्बो मन्त्रिपरिषद बनाएका छन्। देउवाले मंगलबार नेपाली कांग्रेसका १२ र लोकतान्त्रिक फोरमका तीनसहित १५ राज्यमन्त्री नियुक्त गर्दै जम्बो मन्त्रिपरिषद गठन गरेका हुन्।

माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहित साना दलको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले मुलुकमा गणतन्त्र आएपछिको सबै भन्दा ठूलो मन्त्रिपरिषद विस्तार गरेका हुन्।

गणतन्त्र आएपछि बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। यसअघि देउवाले ५२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए। यसरी थपिएका राज्यमन्त्रीसहित देउवा नेतृत्वको सरकारको संख्या ४९ पुगेको छ।

प्रधानमन्त्री देउवाले तेस्रो पटक सरकार विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता भने पाएको छैन। अहिले उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुर्ननिर्माण गरी चार मन्त्रालय मन्त्री विहीन छन्।

ती मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन्। सरकारलाई समर्थन गरेका साना दल र राप्रपालाई सरकारमा सहभागी गराउन ती मन्त्रालय खाली राखिएको स्रोतले जनाएको छ । यद्यपी राप्रपा भने सरकारमा सहभागी नहुने भइसकेको छ भने राप्रपाबाट विभाजन भइ बनेको राप्रपा प्रजातान्त्रिक भने सरकारमा सहभागी हुने सुरुमा रहेको छ।

यी हुन आज नियुक्त भएका राज्यमन्त्रीहरु
सीता गुरुङ, भौतिक पूर्वाधार तथा यातायात

सरिता प्रसाईं, कृषि विकास

शेषनाथ अधिकारी, शिक्षा

नरबहादुर चन्द वाणिज्य

अब्दुल रज्जाकदी, खानेपानी तथा सरसफाइ

तप्तबहादुर विष्ट, सूचना तथा सञ्चार

अमरसिंह पुन, सिँचाइ

दिलमान पाख्रिन, कानून, न्याय तथा संसदीय मामिला

उदयशम्शेर राणा, अर्थ

डिल्लीबहादुर चौधरी, श्रम तथा रोजगार

तेजुलाल चौधरी, युवा तथा खेलकुद

चम्पादेवी खड्का, सहकारी तथा गरिबी निवारण

जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास

सुमित्रा थरूनी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
यशोदाकुमारी लामा, भूमिसुधार तथा व्यवस्था






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution