नेपाल पत्रकार महासंघको महाधिवेशनमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी

काठमाडौं। नेपाल पत्रकार महासंघको महाधिवेशनमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ। विजयीपछि उनीहरुले सिन्दुर माला लगाएर विजय उत्सव मनाएका छन्। पदाधिकारीतर्फ भने आचार्य प्यानल विजयी भएपनि प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएको छ।
प्रेस चौतारीका उम्मेदवार तीर्थ कोइरालालाई १०५ मतान्तरले हराउँदै प्रेस युनियन, प्रेस सेन्टर लगाएत गठबन्धनका उम्मेदवार आचार्य अध्यक्षमा विजयी भएका हुन्। आचार्यको पक्षमा ७३२ मत खसेको छ भने कोइरालाको पक्षमा ६२७ मत खसेको छ।
यस्तै खुला तर्फ उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन्।
सचिवमा महिलाबाट लक्ष्मी पुन, आदिवासी जनजातीबाट उदय जीएम, मधेसीबाट शीतलप्रसाद महतो, दलितबाट रेमबहादुर विक, एशोसियट सचिवमा प्रकाश थापा तथा कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए भने लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका छन्।