हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

संशोधन प्रस्ताव पास नभएपनि राजपा चुनावमा जान तयार

काठमाडौं। संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएसँगै राष्ट्रिय जनता पार्टी दई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने भएको छ। सोमबार संविधान संशोधन प्रस्ताव संसदमा अस्वीकृत भएको थियो।

यसअघि संशोधन विधेयकलाई प्रक्रियामा लैजान सहमत भएको राजपाले त्यसको परिणामलाई स्वीकार गर्ने निर्णय गरेको थियो। ‘चुनावमा भाग लिएपछि त्यसको परीणामलाई सबैले स्वीकार गर्नुपर्छ,’ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले डिसी नेपालसँग भने, ‘संशोधन प्रस्ताव फेल भएपनि चुनावमा जाने वातावरण बनेको छ। अब राजपा चुनावमा सहभागी हुन्छ।’
मंगलबार बस्ने राजपा पदाधिकारीको बैठकले चुनावमा सहभागी हुने निर्णय गर्ने यादवले जनाए। राजपाले चुनावमा जाने संकेत गरेपनि निर्वाचन आयोगले चुनाव चिन्ह भने दिएको छैन। राजपाले छाता चुनाव चिन्ह दाबी गरेपनि आयोगले दिएको छैन। छाता चुनाव चिन्ह नपाएपनि यसअघि कै कुनै दलको चुनाव चिन्ह लिएर चुनावमा जाने राजपाको तयारी छ। संविधान कार्यान्वयनकालागि संशोधन विधेयक पारित हुनुपर्ने र त्यसो नभएको अवस्थामा दीर्घकालीन असर पर्ने राजपाको ठहर छ।

यसअघि राजपाभित्र संविधान संशोधन नभएसम्म चुनावमा भाग लिन नहुने भन्ने पक्षको दबदबा थियो। संशोधन नभएसम्म चुनावमा भाग नलिने भन्दै राजपाले दुई नम्बर प्रदेश बाहेकका ६ वटा प्रदेशको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो। लामोसमयसम्म संशोधन विधेयक अड्काएर राख्दा नराम्रो सन्देश जाने भन्दै राजपा संशोधन विधेयक अगाडि बढाउन सहमत भएको थियो।

रापपा सहमहामन्त्री सरेश मण्डलले अहिलेको संरचनाबाट मधेसको समस्या समाधान नहुने र त्यसको विकल्प खोज्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुने बताए। ‘अहिलेको संसदमा मधेस केन्द्रित दलले प्राप्त गरेको मत केवल ११ प्रतिशत मात्र हो,’ मण्डलले भने, ‘त्यसमा पनि सिट संख्या कम छ। अहिलेकै संरचनाबाट मधेसको समस्या समाधान हुने संभावना नभएकाले त्यसको विकल्पका विषयमा पनि छलफल हुन्छ।’

संविधान संशोधनको विपक्षमा मतदान गरेपनि एमाले र राप्रपासँग आगामी चुनावमा सहकार्य नगर्ने राजपाका नेताहरुले जनाएका छन्। यसअघि राजपा र एमालेबीच चुनावी तालमेल हुने समाचार बाहिर आएका थिए। राजपाले भने पहिलो प्राथमिकता मधेस केन्द्रित दललाई दिने तयारी गरेको छ। चुनावमा फोरम नेपाल पहिलो रोजाइमा पर्ने एक नेताले जनाए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution