बाढीपिडितको सहयोगार्थ:तीज कार्यक्रमको लागि ४ जना कलाकारहरु इजरायलमा आईपुगे

२२ अगस्ट २०१७ , तेलअविव – इजरायलमा अवस्थित नेपालीहरुको करिब ४० वटा भन्दा बेसी सामाजिक, राजनितिक, क्षेत्रिय र जातिय संघ संस्थाहरुको सयुक्त आयोजनामा केही समय अगाडि नेपालको पूर्वी एवम् तराई भेगमा अविरल बर्षाको कारण डुवानमा परेको बाढीपीडितहरुको सहयोगार्थ आउँदो २५ अगस्ट २०१७ (शुक्रबार) तेलअभिव युनिभर्सिटी स्थित स्मोलार्ज हलमा हुना गई रहेको “बृहत तीज धमाका – २०७४ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु लोक दोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका कालिका रोका मगर , गायिका भूमिका गिरी र चर्चित हाँस्य टेलि श्रृंखला हाक्का हाक्कीका मुख्य सहायक निर्देशक हाँस्यकलाकार सुजित थापा आज तेलअविव आईपुग्नु भएको छ |
वहाँहरुलाई स्वागत गर्नको लागि दिपेन्द्र थापा , तिर्थ गौतम लगायतका आयोजक समितिका सदस्यहरु बेनगुरियएन एयरपोर्ट तेलअविव पुग्नु भएको थियो | सहयोगार्थ कार्यक्रमको टिकट शुल्क १३० रहेको छ भने कार्यक्रम स्थल सम्म जान र आउन नि:शुल्क बसको व्यवस्था रहेको छ |