एनआरएनए नाइजेरिया द्वारा नेपालका बाढीपीडितलाई राहत संकलन

नाइजेरिया ।अफ्रिका स्थित गैरआबासिय नेपाली संघको नाइजेरिया समन्वय समितीले नेपालका बाढी पीडितलाई राहत सहयोग संकलन सुरु गरेको छ ।
संघको कार्य समितीको बैठकमा चिरञ्जीवी रोका , जनक बिस्ट , रोशन थापा , बिश्वास पौडेल ,मन थापा , अभिषेक सिह , दिपेन्द्र यादब र भरत रिजाल प्रत्येकले १०० अमेरिकी डलर गरि आठ सय अमेरिकी डलर रकम सहयोग गरेका छन ।
संघका सचिब रोशन थापाका अनुसार आगमी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशन सम्म थप संकलन गरि एनआरएनए बाढीपीडित कोषमा सहयोग पठाइनेछ ।
यस अघि संघका प्रमुख सल्लाहकार तथा अन्तरास्ट्रिय समितीको कोषध्यक्ष हिक्मत थापाले एनआरएनए बाढिपिडित राहत कोषमा रु ५१००० सहयोग नाइजेरियाबाट गरि सक्नु भएको छ ।