हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ घेदुङद्वारा मोरङ र सुनसरीका बाढीपीडितलाई राहत सामग्री र किरिया खर्च प्रदान

सुनसरी – तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयले बाढी पीडितलाई भाँडाकुडा सामाग्री र मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । घेदुङ केन्द्रीय टोलीले आइतबार मोरङ र सुनसरीको सीमामा रहेको बुढीखोलाबाट बिस्थापित १२८ बाढी पीडितलाई भाँडाकुडा सेट र ६ मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराएको हो ।

नेपाल तामाङ घेदुङ इजरायलको सक्रियतामा संकलित राहत सहयोग रकमबाट भाँडाकुडा खरिद गरी स्थानीय जनप्रतिनिधिको रोहवरमा सम्बन्धित पीडितको वस्तीमै पुगेर वितरण गरिएको घेदुङका केन्द्रीय सचिव तथा विपत् ब्यवस्थापनका संयोजक रामकृष्ण ब्लोन तामाङले बताए ।

घेदुङले स्थानीय जनप्रतिनिधि तथा आफ्नो प्रदेश र नगर संगठनसँग समन्वय गरेर पीडितको आवश्यकतालाई महसुस गरी भाँडाकुडा वितरण गरिएको घेदुङका एक नम्बर प्रदेश समितिका अध्यक्ष मित्रसेन योन्जन तामाङले बताए । उनले भने– खाद्य सामाग्री धेरै संघ÷संस्था र राज्यले समेत दिएको तर पकाई खाने भाँडाकुडा कसैले नदिएको हुँदा भाँडा सेट वितरण गरिएको हो ।

वितरण गरिएको भाँडाकुडा सेटमा भात पकाउने भाँडो १ थान, तरकारी पकाउने कराइ १ थान, स्टीलको थाल ४ थान, डाडुपन्यु २ थान, जग १ थान, बाटा १ थान, बाल्टीन १ थान, गिलास २ थान, कचौरा २ थानको दरले वितरण गरिएको छ ।वितरण कार्यक्रममा मोरङ जिल्ला स्थित कोशी हरैचा नगरपालिकाका उपमेयर धनामाया तामाङ, नगर अधिकृत भानुभक्त न्यौपाने, पूर्व खेलकूद राज्यमन्त्री गोपी अछामे, वडा अध्यक्षहरु, वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि र पीडित समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै उपमेयर धनमाया तामाङले बाढीबाट पीडित भइरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई राहत सहयोग उपलब्ध गराउने इजरायल घेदुङ, घेदुङ केन्द्रीय समिति, प्रदेश समिति लगायतलाई धन्यवाद दिएको छ ।भाँडाकुडा सेट वितरण गरिएकोमा बुढीखोलाबाट पीडितहरु मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. ४ चरिगुवा गाउँका ३९ परिवार रहेका छन् । उनीहरु पे्रमलाल चौधरी, सतौनी चौधरी, पञ्चलाल चौधरी, लट्टीलाल चौधरी, शिब नारायण सरदार, जयनारायण चौधरी, सुनिल चौधरी, अनिल चौधरी, सन्जीत चौधरी, श्रीराम चौधरी, सन्तकुमार चौधरी, लजनारायण चौधरी, सन्तोष चौधरी, समिर चौधरी, गुसरवा चौधरी, दिपेन चौधरी, कपुर चौधरी, असनारायण चौधरी, मनुलाल चौधरी, कमल चौधरी, सुनिल चौधरी, पक्ठु चौधरी, लक्ष्मण चौधरी, इन्द्रबहादुर विश्वकर्मा, केसर चौधरी, चन्द्रबीर चौधरी, डमर बिश्वकर्मा, गंगा विश्वकर्मा, दिपेन्द्र विश्वकर्मा, मोहन श्रेष्ठ, कालुराम चौधरी, डोख्रा चौधरी, श्रवण चौधरी, कुमार विष्ट, मुसरनी चौधरी, विलासीदेवी चौधरी, आशादेवी चौधरी, छेदिलाल चौधरी र सुनिता बिश्वकर्मा रहेको घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार सिंह घिसिङ तामाङले बतााए ।

त्यसैगरी मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. ५ गैरी गाउँ बुढीखोला पीडितहरु ३१ परिवार रहेका छन् । उनीहरु प्रेम लुङ्गेली मगर, जगत मगर, सन्दिप मगर, टंकबहादुर मगर, अरुण खत्री, सुवद मण्डल, फुक्पा तामाङ, कमल तामाङ, घनश्याम मगर, धनबहादुर दर्लामी मगर, सीता थापा मगर, जालमाया मगर, विष्णुमाया मगर, टेकबहादुर ल्हायो मगर, टेकबहादुर थापा मगर, केदार ल्हायो मगर, कुमार ल्हायो मगर, प्रेम राई, मानबीर राई, चन्द्र राई, भक्तबहादुर राई, सविता बस्याल, बिकाल कोइराला, छत्रबहादुर श्रेष्ठ, सविता कार्की, सानु तामाङ, पर्शुराम तामाङ, प्रेम योन्जन, बुद्धराज तामाङ, पेमा तामाङ र खेम परियार रहेका छन् ।

त्यसैगरी सुनसरी जिल्ला इटहरी उप–महानगरपालिका वडा नं. ३ सुनौलो टोल स्थित बुढीखोलाबाट पीडितहरु ५१ परिवारलाई भाँडाकुडा सेट वितरण गरिएको छ । उनीहरु कुमार प्रधान, मकरबहादुर राई, दुर्गामाया माझी, शान्ता लिम्बु, सुकुमति थाङ्देन, निर्मला राई, आशबहादुर तामाङ, दोर्जे राई, नारायणबहादुर राई, सुर्यमान राई, शान्तिकला राई, बलराम राई, राजिव राई, सुखा राई, बिपना राई, सहारा तामाङ, जनक राई, लालबहादुर राई, बसन्त राई, बिपना मगर, सुमित्रा मगर, रिता दर्नाल, भविन राई, झेमली लिम्बु, शंखराम राई, रञ्जित चौधरी, सम्झना लिम्बु, संगीता सुब्बा, नन्द देवान, मनकुमारी लिम्बु, सुमन विश्वकर्मा, सागर लिम्बु, जगतबहादुर थापा मगर, धनकुमारी लिम्बु, सीतामाया लिम्बु, निर्मल राई, जसमाया राई, रुपा थेवे, भाइमति राई, सुमित्रा राई, साइमन राई, सकुन्तला लिम्बु, प्रेमरुपी राई, नविना राई, मिलन धिमाल, जुना धिमाल, ओमबहादुर श्रेष्ठ, बीरबहादुर राई, नन्द देवान, आशा राई, लोककुमारी लिम्बु रहेका छन् ।

त्यसैगरी सुनसरी जिल्ला इटहरी उप–महानगरपालिका वडा नं. १० शिवनारायण टोलका पीडितहरु ८ परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । उनीहरु स्थानीय लिला डुम्जन, सानुमाया थिङ, मनमाया तामाङ, हिमाल राई, गोपाल गोले, शोभा तामाङ, छत्र तामाङ जानुका राई रहेको घेदुङले जनाएको छ ।

मृतक परिवारलाई घरैमा किरिया खर्च उपलब्ध

यसै अवसरमा नेपाल तामाङ घेदुङले बाढीबाट आफन्त गुमाएका मृतक परिवारलाई घरमै पुगेर किरिया खर्च वापत नगद राहत रकम उपलब्ध गराएको छ । मृतकजनको अन्तिम संस्कारको कार्य सम्पन्न गर्न राज्यले उपलब्ध गराउने सहयोग रकम समयमा उपलब्ध नहुँदा उनीहरुलाई किरिया खर्च दिएको घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले बताए ।

यसरी किरिया खर्च पाउनेहरुमा इटहरी उपमहानगरपालिका वडा नं. ४ आइतवारेका मृतक ईश्वर सुनुवारको परिवारलाई किरिया खर्च वापत रु. ८५००÷– को दरले घरैमा पुगेर मृतकको आमा जितकुमारी सुनुवारलाई हस्तान्तरण गरेका छन् ।त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. १० शिबनारायण टोलको मृतक चन्दादेवी हरिजन तामाङको परिवारलाई किरिया खर्च घरैमा पुगेर मृतकको पति भिम तामाङलाई हस्तान्तरण नगद हस्तान्तरण गरेका छन् ।

यस्तै इटहरी उपमहानगरपालिका वडा नं. ३ सुनौलो टोलका मृतक लक्ष्मी सदाको किरिया खर्च घमृतकको आमा सकुन्तला सदालाई हस्तान्तरण गरे भने इटहरी उपमहानगरपालिका वडा नं. ४ गैरीटोलका मृतक माया राई किरिया खर्च मृतकको छोरी शनि राईलाई हस्तान्तरण गरेका छन् ।

यस्तै इटहरी उपमहानगरपालिका वडा नं. १० शिबनारायण टोलका मृतक सुनिता धिमालको किरिया खर्च मृतकको पति किरण धिमाललाई हस्तान्तरण हस्तान्तरण गरेको छ भने इटहरी उपमहानगरपालिका वडा नं. ४ गैरीगाउँका मृतक रुपसनी राईको किरिया खर्च मृतकको आमा माया राईलाई हस्तान्तरण हस्तान्तरण गरेको इटहरी घेदुङका अध्यक्ष चन्द्र गोम्देन तामाङले बताए ।

वितरण कार्यक्रममा संक्षिप्त भनाई राख्दै नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले राज्यलाई पीडितहरुको चाँडो ब्यवस्थापन गर्न आग्रह गरे । उनले नेपालमा बर्षेनी बाढीपहिरोको चपेटामा नेपालीहरु पर्ने गरेको र यसबाट विस्थापित हुने थाहा हुँदाहुँदै पनि राज्यले पूर्व सावधानी नअपनाउँदा दैवी विपत्ती आउने बताए ।

अध्यक्ष गोलेले नेपालले विगतमा भारतसँग गरिएको असमान सन्धि÷सम्झौता र सीमा क्षेत्रमा निर्माण गरिएको बाँधका कारण प्राकृतिक विपत्तीहरु मानव निर्मित विपत्ती हुने गरेको बताए । नेपालीलाई बर्षेनी विपत्ती आइलाग्ने यस्ता सन्धि पुनरावलोकन गर्न नेपाल सरकारले खुलेर भारत सरकारसँग कुरा राखेर दीर्घकालीन सममाधान खोज्न आग्रह गरे ।

उनले भने– भारतले सीमानाको १२ किलोमिटर वरपर बाँध निर्माण गर्न नमिल्ने अन्तर्राष्ट्रिय कानुनलाई मिचेर नेपाल र भारतको सीमाक्षेत्रमा १५ वटाभन्दा बढी बाँध निर्माण गरेको छ । यसैबाट नेपालको तराई क्षेत्र डुबानमा परेको उनले प्रष्ट पारे ।

@ तामाङघेदुङ ओआरजी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution