डोकलाम विवादलाई लिएर भारतको पक्षमा जापान, भारतको पक्षमा किन लाग्यो ?

तामाङअनलाइन – डोकलाम विवादका कारण पछिल्लो समय चीन र भारतबीच विवाद चुलिएको छ। चीन र भारतबीच बढेको विवादमा छिमेकी देशले कसको पक्ष लिने भन्ने बारेमा पनि बहस उठिरहेको छ।
छिमेकी देश नेपालले चीन र भारतबीचको विवादमा आफूले कुनै पनि देशको पक्ष नलिने प्रतिक्रिया दिएका बेला जापानले भने भारतलाई सहयोग गर्ने संकेत देखाएको छ। जापानले भारतलाई सहयोग गर्ने संकेत देखेपछि चीन र जापानको सम्बन्धमा चिसोपना आउन थालेको छ।
कुनै समय सेकाकु द्वीपलाई लिएर चीन र जापानबीच ठूलो तनाव पैदा भएको थियो। उक्त तनावका कारण अहिलेपनि यी दुई देश एक अर्काका विरोधी बन्दै आएका छन्।
चीनले सेकाकुलाई लिएर अमेरिकाविरुद्ध कडा रुपमा प्रस्तुत भएको थियो। उक्त समयमा अमेरिकाले जापानसँग आफ्नो सम्झौता भएको बताउँदै सेकाकुमाथि हमला भए त्यसको जबाफ आफूले दिने चेतावनी दिएको थियो। उकत चेतावनीपछि चीन उक्त मामिलामा पछि हटेको थियो। पछिल्लो समय भारतले अमेरिकासँग पनि राम्रो सम्बन्ध बनाएको भारतीय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन्। केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गरेका थिए। @ एजेन्सी ।