नेपाल तामाङ घेदुङ इजरायल द्वारा बाढीपिडितलाई राहत सामाग्री वितरण

मोरङ – नेपाल तामाङ घेदुङ इजरायल द्वारा मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ४ चरिगुवा गाउँ र वाड नं ५ को गौरीघाट गौशाला छापका बाढीपिडित ७० घरपरिवारहरुको लागि भाँडाकुडा सेट राहत सामाग्री वितरण गरेको छ |
सुन्दरहरैचा नगरपालिका उपमेयर धन माया तामाङ , नेपाल तामाङ घेदुङ केन्द्रका अध्यक्ष मोहन गोले तामाङ लगायत घेदुङ केन्द्रका पदाधिकारीहरुको टोलि बितरण स्थल पुगी बाढीपीडितहरुलाई राहत बितरण गरेका हुन् |
यसैगरी उक्त टोलीले सुनसरीका लागि पनि राहत सामग्री लिएर जादै गरेका र वितरण गरिने जानकारी केन्द्रिय घेदुङका उपाध्यक्ष कुमार घिसिङले बताउनु भएको छ |
नेपाल तामाङ घेदुङ इजरायल द्वारा बाढीपिडितको लागि आपतकालीन राहत संकलन गरी नेपाली रुपियाँ २,७५,००० (अक्षेरुपि – २ लाख ७५ हजार) नेपाल तामाङ घेदुङ केन्द्रको मातहतमा वितरण गर्ने गरी पठाएका थिए |
सहयोगदाताहरुको नामावली हेर्न क्लिक गर्नुहोस् ….