एनआरएनए इजरायल द्वारा बाढीपिडितको लागि ५ लाख १५ रुपियाँ आर्थिक सहयोग

तेलअविव – गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायल द्वारा पूर्वी नेपाल र तराई भेगका बाढीपिडितको लागि इजरायलवासी सहयोगी मनका धनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलित सहयोग रकम नेपाली रुपियाँ ५,०००,१५ (अक्षेरुपि – पाँच लाख पन्ध्र) एनआरएनए केन्द्रको “एनआरएनए च्यारिटी फन्ट” पठाएको जानकारी एनआरएनए इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले जानकारी दिनु भएको छ |
एनआरएनए केन्द्रले एनआरएनए च्यारिटी फन्ट मार्फत विश्वभरीबाट राहत संकलन गरी बाढीपिडितलाई राहत वितरण गर्ने कार्यतालिका बनाएका छन् | एनआरएनए केन्द्रका अध्यक्ष शेष घले दाम्पत्यले बाढीपिडितको लागि १ करोड दिने घोषण यस अघि नै गरी सकेका छन् |
बाढीपिडितको लागि आर्थिक सहयोग गर्नु हुने सहयोगदाताहरु सबैको नामवली छिटै सार्वजनिक गरिने जानकारी एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पाले बताउनु भएको छ |