जुनलाई छुन खोज्दै “अनुप योन्जन तामाङ र रिमा विश्वकर्मा” (भिडियो)

तामाङअनलाइन – नेपाली साङीतिक छेत्रमा पछिल्लो समय राम्रो राम्रो म्युजिक भिडियोहरु निर्माणक्रम बढ्दो छ । थुप्रै नयाँ गायक कलाकारहरु मात्र नभई पुराना माझिएका संगीतकर्मिहरुका म्युजिक भिडियोहरु दिन प्रति दिन बन्नेक्रम बढ्दो छ ।यसै क्रममा भर्खरै केहि दिनअघि आधुनिक तथा पप गायन छेत्रका लोकप्रिय गायक राजेश पायल राईले गाउनु भएको ” जुनलाई छुन खोजे साधै ” बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
छाडी जाने मायालुको पीड मा तड्पीएको शब्दमा गायक राईको उत्कृस्ट गायन रहेको यस म्युजिक भिडियोलाई सुलोचना थिङ तामाङ र अनूप योन्जन तामाङले संयुक्त रुपमा निर्देशन गरेकाहुन् । सुचना प्रबिधीको उचित प्रयोग गर्दै हाल अस्ट्रेलीयामा बसोबास गर्दै आएकी निर्देशक सुलोचना थिङ तामाङले यस म्युजिक भिडियोलाई अनलाइन निर्देशन गरेकी हुन् भने अर्का निर्देशक अनूप योन्जन तामाङ्ले शूटीङ स्थलको कमाण्ड सम्हालेका थिए । हाल संचारमाध्यम्हरुमा राम्रो स्थान पाईरहेको यस म्युजिक भिडियोलाई शब्द्-भाव अनुरुप निर्माण गरेको निर्देशक द्वयले जानकारी दिएका छन् । सर्सर्तीहेर्दा धोका दिने प्रियेसीलाई भुल्न नसक्ने प्रेमीको मनस्थितीलाई भिडियोमा उतार्ने प्रायस गरिएको देखिन्छ । धोका दिने प्रेमिकालाई भुल्न नसकी ,उनीलाई पाउन जे गर्न पनि पछि नहट्ने प्रेमीको रमाइलो कथालाई म्युजिक भिडियोमा रहेको छ |
शब्द सन्तोस राई , संगीत सुमन राई र छाँयाकान जी बी लामा तामाङ , सम्पादक टेकेन्द्र शाह रहेको यस भिडियोमा स्वयम् निर्देशक अनुप योन्जन तामाङ र नायिका रीमा बीश्वोकर्मा , मनिष र कमलको अभिनय रहेको छ । भिडियो निर्माणका लागि सहयोगी हातहरु कमल घिसीङ तामाङ र नबिन राना मगरलाई समेत निर्माण युनिटले धन्यबाद दिनका छन् |