हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

‘नीरफूल’ ल्याउँदै फूलमान वल तामाङ (भिडियो क्लिप सहित)

काठमाडौं   – संचारकर्मी, कवि एवं कथाकार फूलमान वलले फिल्म निर्देशनमा हात हालेका छन् । उनी निर्देशित फिल्म ‘नीरफूल’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिसत छायांकन पुरा भएको जनायो ।

भुकम्पले छिन्नभिन्न परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन भइरहेको छ । मुख्य भुमिका गरेका नायक दयाहाङ राईले पटकथा मनपरेर आफूले फिल्म खेलेको जनाए । ‘अचेल म स्क्रिप्ट पारिश्रमिक हेरेर मात्रै काम गरिरहेको छु’ उनले भने, ‘यो फिल्मको कथाबस्तु निकै बलियो र मनछुने छ र यसमा मैले निकै फरक र चुनौतीपुर्ण भुमिका गरेको छु ।’

फिल्ममा विशेष भुमिकामा देखिन लागेकी नायिका रेखा थापाले पनि यसको कथाले नै आफूलाई तानेको बताइन् । फिल्ममा दयाहाङको जोडीको रुपमा नव नायिका शान्ती वाइबा देखिंदै छिन् । उनले यसअघि एउटा फिल्मको सानो रोलमा दयाहाङकै पत्नी भएको खेलेको सुनाउँदै ‘नीरफूल’मा भने आफूले मन फुकाएर काम गर्न पाएको बताइन् । उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेंडीको दुध खाएको रोचक अनुभव सुनाइन् । बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्मको मुख्य भुमिकामध्ये एकमा छिन् ।

फिल्मको कथा, पटकथा र गीत निर्देशक वल स्वयंले नै लेखेका छन् । पटकथामा उनलाई एशोसिएट निर्देशक सचिन घिमिरेले पनि साथ दिएका छन् । निर्देशक वलले दुईबर्षअघिको महाभूकम्पपछि दिमागमा कथा क्लिक भएको बताउँदै फिल्ममा राज्य प्रणालीको भष्टता पनि उठाउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’ उनले भने, ‘यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’

 

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने डोमा सोनाम हुन् । व्यवसायको सिलसिलामा दुबई रहेकीले पत्रकार सम्मेलनमा डोमा उपस्थित हुन सकिनन् । यसबाहेक निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन् ।

फिल्म सामाजिक विषयबस्तुमा आधारित रहेकोले आफूहरुले सहकार्य गरेको नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलका अध्यक्ष शंकर घिमिरले जनाए । ‘हाम्रो लगानी गैरनाफामुखी हो’ उनले भने, ‘यो फिल्मले समाजको कथा भन्नेछ । सामाजिक क्षेत्रमा काम गर्दै आएको काउन्सिलले यही कारण सहकार्य गरेको हो ।’ फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा, खेम मोक्तान लगायतका कलाकार छन् । एशोयिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको कार्यक्रममा बताइयो । फिल्मको ३० प्रतिशत छायांकन बाँकी रहेको र आउँदो माघमा रिलिजको योजना रहेको निर्देशक वलले जनाए । @ कान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution