आज तामाङ प्रसारण दिवस

२०७४ भाद्र -१ | आज तामाङ प्रसारण दिवस हो | विद्युतीय सञ्चार माध्यममा पहिलोपटक तामाङ भाषाले प्रवेश भएको दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएका छन् । आजभन्दा २३ वर्षअघि अर्थात २०५१ साल भदौ १ गतेका दिन पहिलोपटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण गरिएकोे थियो ।
तामाङ समुदायले तामाङ भाषाको प्रवर्द्धन र संरक्षण गर्नु अति जरुरी छ |