रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निस्कासित

काठमाडौं । नयाँ शक्ति नेपालले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासन गरेको छ । झा र शर्मा माओवादी केन्द्र फर्कने तयारीमा छन् । दुबैले हालै मात्र माओवादी नेताहरुलाई भेटेर पार्टीमा फर्कने सहमति समेत जनाएका छन् ।
नयाँ शक्तिले बुधबार वक्तव्य निकालेर झा र शर्मालाई संघीय परिषद् सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ ।