इजरायलमा तीजको कार्यक्रमबाट भएको मुनाफा रकम बाढीपीडितलाई सहयोग गर्ने

तेलअविव – प्रवासी भुमि इजरायलमा रहेका विभिन्न राजनैतिक / सामाजिक / साहित्यिक कला, धार्मिक/परोपकारी/ आदिवासी जनजाती संघ/संस्था/संगठन लगायत इजरायलबाट संचालित सम्पूर्ण अनलाईन मिडियाहरुको साझा मुल आयोजनामा मनाउन लागेको बृहत सामूहिक तीज कार्यक्रम २०७४ बाट भएको मुनाफा रकम बाढीपीडितहरुलाई सहयोग गर्ने मूल आयोजक समितिका सचिब सानु गुरुङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
भरपूर मनोरन्जन दिलाउनका निमित्त नेपालबाट ४ जना आमन्त्रित कलाकारहरु आउनु हुने भएको छ | साथै इजरायलमा कार्यरत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने भएको छ | यस अघि तीजको अवसरमा इजरायलवासी चेलीवेटीहरुलाई दर खुवाउने भनेकोमा नेपालमा घटेको अत्यन्तै दुखदायिक दैविक प्रकोपमा परेका बाढीपिडितहरुलाई थप राहत सहयोगको लागि दर खुवाउने ब्यवस्था कटौती गरी उक्त कार्यक्रमबाट उठेको बचत गरिएको रकम बाढीपीडितलाई पठाउने योजना रहेको छ |
तेलअविव लेवेन्सकी पार्कबाट “तेलअविभ युनीभरसिटी हल” गन्तव्य दुवै तर्फ जान र आउँन बसको सुविधा रहेको छ | बाढीपीडित सहयोगार्थ मुख्य उद्धेश्यका साथ मनाउन लागेको तीज कार्यक्रमको प्रवेश शुल्क/ टिकट १३० सेकेल रहेको छ |
मुनाफा भएको रकम बाढीपिडितहरुलाई सहयोग पठाउने भएकोले इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई तीज कार्यक्रममा सहभागी भई दिनु हुना आयोजकले सबैलाई हार्दिक अनुरोध गरेको छ |
आयोजक संघसंस्थाहरुको नामावली
1)नेपाली जन सम्पर्क समिति इजरायल |
2) प्रवासी नेपाली मंच इजरायल |
3) सघीय समाजवादी फोरम इजरायल |
4) प्रवासी नेपाली एकता समाज इजरायल !
5) गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद इजरायल |
6 )विश्व नेपाली साहित्य महासंघ इजरायल |
7) तुलसी मेमोरियल क्यान्सर रिलिफ प्रतिष्ठान इजरायल |
8) हिन्दू जागरण इजरायल |
9)अन्तराष्ट्रिय कलाकार मंच इजरायल |
10) झापाली समाज इजरायल |
11)श्रीजनसिल महिला समुह इजरायल |
12) भोजपुर सेवा समाज इजरायल |
13) पर्बत सेवा समाज इजरायल |
14)अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी नेपाल) |
15) नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, समन्वय समिती इजरायल
16)कृष्ण प्रणामी गैआवासीय युवा परिषद्स इजरायल |
17) नारीका लागि नारी एक करोड अक्षयकोष इजरायल |
18) नेपाल मगरसंघ इजरायल |
19) ॐ जनजागरण इजरायल |
20)मातृभूमिका लागि पर्बत सेबा समाज नेपाल (शाखा इजरायल)
21) चितवन समाज इजरायल |
22)सहयोगी मनहरुको समाज इजरायल |
23)प्रवासी नागरिक समाज इजरायल |
24)अन्तराष्ट्रिय कलाकार समाज इजरायल |
25) तमू प्ये ल्हू संघ इजरायल |
२6)संघीय लिम्बुवान सामाजिक मंच इजरायल|
मिडिया पार्टनरहरु
# तामाङअनलाइन मिडिया (फ्याफुल्ला मिडिया प्रा.लि.)
# नबिन नेपाल अनलाइन मिडिया
# लाइट नेपाल अनलाइन मिडिया
# बि बि सीइ अनलाइन मिडिया |
# नवदृस्टी डट अनलाइन मिडिया ।
# राष्टिय एकबद्दता मासिक पत्रीका तथा अनलाइन मिडिया
# मिस्मास डट कम |
# नमस्ते खबर अनलाइन मिडिया |
# फिस्टेल न्यूज अनलाइन मिडिया |
# हाम्रो पेज डट कम |
# तिनजुरे अनलाइन मिडिया
# न्युज डाईरी अनलाइन मिडिया|
# पाना खबर अनलाइन |
# नेपाल खबर अनलाइन |
# ZOOM np न्युज अनलाइन |
# हाम्रो दमक न्युज अनलाइन |