एनआरएनए इजरायलको अध्यक्षको उम्मेदार नितु खतिवडा प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक

तेलअविव – गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद इजरायल (२०१७ – २०१८) कार्यकालको अध्यक्षका उम्मेदार नितु खतिवडा प्यानलको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ | इजरायलबासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अध्ययन गरी थप केहि गर्नु पर्ने भए उपयुक्त सुझावलाई पनि समाबेस गर्ने बताएको छ |
आगामी २६ अगस्ट २०१७ (शनिबार) हुन गईरहेको निर्वाचनमा अध्यक्षको उम्मेदार नितु खतिवडा प्यानलको तर्फबाट आईसीसी सदस्यमा मन्जु गुरुङ (नेहा),अध्यक्षमा नितु खतिवडा (बिमला) , वरिष्ठ उपाध्यक्ष : सिता बिस्ट ,उपाध्यक्ष: शुशिला बस्नेत , महासचिब : जीवन थाक्लुङ , सचिव: तारा देवी ढकाल ,सहसचिब: नुतन भुसाल र सह-कोषाध्यक्षमा शोभा लोहनी चुनाबी मैदानमा रहेका छन् |
प्रतिबद्धता पत्र