अमेरिकामा अनलाईन गो फण्ड मार्फत बाढी पीडितका लागि सहयोग संकलन सुरु

टेक्सास अमेरिका। नेपालमा बाढी पहिरो डुबानलगायतका प्राकृतिक विपत्तिबाट भएको धनजनको क्षती पश्चात पिडितहरुको सहयोगको लागिअमेरिकामा रहेका नेपाली संघसंस्था जुर्मुराएका छन् ।विशेषगरी तराई क्षेत्रमा आएको बाढीवाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचारमा सहयोग पुर्याउन बाढीबाट पीडित परिवारको राहतकासंकलनका लागि एनआरएन अमेरिकाले पेपल खाता मार्फत सहयोग संकलन सुरु गरेको छ ।
एनआरएन अमेरिकाका अध्यक्ष डा। केशव पौडेलले मातृभूमिलाई परेको दुखको समयमा एकजुट भएर राहत जुटाउने अभियानमा अघि बढ्न अमेरिकामा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।
टेक्ससको ड्यालसमा नेपाली समाजले बाढी पीडितहरुको लागि सहयोग संकलन सुरु गरेको छ । अनलाईन गोफण्ड मार्फत बाढी पीडितका लागि सहयोग संकलन सुरु गरेको हो ।
शनिबार नेपाली समाज टेक्ससको कार्यालयमा भएको बैठक लगत्तै ७०० डलर संकलन भएको नेपाली समाजका महासचिब कमल सत्यालले डि सी नेपाललाई जानकारी दिए। गोफण्ड मार्फत सहयोग संकलन तीब्र बनाएर पीडितसम्म राहत पु¥याउने योजना रहेको र ५० हज़ार डलर सकल गर्ने उद्देश्य का साथ अभियान थालिएको नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले डि सी नेपाल लाई जानकारी दिए।
त्यस्तै प्राकृतिक विपत्तिवाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचारको सेवा पुर्याउन नेपाल जर्नीले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म संकलन कार्य सुरू गरेको सस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिइन् ।
अमेरिकामा रहेका मधेसी एसोसियसन लगायतका अन्य संघसंस्थाहरुले पनि राहत संकलन सुरु गरेका छन् । करिव ५० हज़ार डलर संकलन गर्ने उद्देश्य वाट गो फन्ड स्थापना गरि राहत रक़म संकलन अभियान संचालन गरिएको मधेशी एशोसियसन अमेरिका का सुनिल शाहले जानकारी दिए । १ हाल सम्म २२ जना ले सो खाता मा रक़म १६८४ डलर संकलन भै सकेको बताइएको छ ।