हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

नेपाल र चीनबीच ३ महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिव १५ अरव आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

अरनिको राजमार्गलाई स्तरोन्नती गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अरव आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए। सो रकम रसुवाको टिमुरेमा पुल निर्माणका पनि खर्च गरिनेछ।

बैठकमा नेपालको हिमाल, पहाड र तराइमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवाँ २ अरव आर्थिक सहायता उपलब्ध गराउने समझदारी पनि भएको छ। त्यसैगरी नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्रयाउने समझदारीमा पत्रमा पनि चीन र नेपालबीच हस्ताक्षर भएको छ।

नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए। समझदारी छिटो कार्यान्वयनमा लैैजान पनि दुवै मुलुक सहमत भएका छ। समयको सीमा नतोकी भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ।

बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो।

बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरेका थिए। बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution