आज तमु/गुरुङ समुदायको ट्होटे पर्व

३१ साउन २०७४ – आज तमु/गुरुङ समुदायको ट्होटे पर्वको दिन हो | हिमाली भेग र पहाडमा बसोबास गर्दै आएका तमु/गुरुङ समुदायले परापूर्वकालमा गाँउ बस्तीहरुमा अदृश्य शक्तिहरुले दुख दिने भएकोले गाँउ बस्तीलाई ती शक्तिहरुबाट मुक्ति दिलाउनको लागि ट्होटे मनाइन्छ । ट्होटे पर्व साउन र चैत महिनामा बर्षको दुई पटक मनाउने परम्परा रहेको छ ।