हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनए जर्मनीको अध्यक्ष उम्मेदार विजय मोक्तानको एजेण्डा

जर्मनी, अगष्ट १५  । एनआरएनए  जर्मनीको अध्यक्षमा विजय मोक्तानले आफ्नो उमेदवारी दिने भएका छन् । यस अगाडि जनसम्पर्क समितिमा वसेर काम गरिसकेका विजयले आफना विभिन्न एजेण्डाहरुसहित उमेदवारी दिने घोषणा गरेका हुन । उनलाई जनसम्पर्क समितिले समेत आधिकारिक रुपमा अगाडि सारेको छ । जर्मनीको विभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागी हुँदै आएका मोक्तानले आफनो दुई वर्षे कार्यकालको खाका समेत सार्वजनिक गरेका छन् । उनको एजेण्डा जस्ताको तस्तै :

आदरणीय जर्मनी निवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनिहरु

नमस्कार !

गैर आवासीय नेपाली संघ ( एनआरएनए) जर्मनीको संस्थापक सदस्य भएको नाताले जर्मनीमा रहने सम्पूर्ण नेपालीहरुको सेवामा सधैं आफ्नो तनमन दिदै आइरहेको छु। मैले एनआरएनए जर्मनीको नेतृत्वमा नरहे पनि अरु बिभिन्न पदहरुमा रहेर काम गर्ने शुभअवसरहरु प्राप्त गरें । २००९/ २०११ को कार्यकालमा कार्यकारी र सांस्कृतिक संयोजक, २०११/२०१३ को कार्यकालमा सल्लाहकार, २०१३/२०१५ कार्यकालमा बिशिष्ठ संरक्षक भई काम गर्ने मौका पाएको थिएँ भने मैले सधै आईसीसीको कार्यदल (टास्कफोर्स)मा रहेर काम गरी रहेकोछु। मैले धेरै पटक एनआरएनए जर्मनीको नेतृत्वमा जाने कोशिस गरेको थिएँ तर सहमति र सहकार्य गर्दै जादा मेरो लचकता र ईमान्दारिताले मलाई कहिले पनि एनआरएनए जर्मनीको अध्यक्षको पदसम्म पुराउन सकेन। मेरो आईसीसी र एनसिसी एनआरएनए जर्मनीका सबै नेतृत्वहरुसित काम गर्ने मौका पाएकोले मैले लामो अनुभव संचित गर्ने मौका पाएँ । मैले आजसम्म संचित गरेका र भोगेका बिभिन्न बिषयहरुलाई मेरो चुनावी घोषणा पत्रमा पतिबद्धताका साथ आगामी कार्यकाल २०१७/२०१९ को मार्गदर्शन हुने छन् ।

१)प्रारम्भ

क)एनआरएनए जर्मनीको पंजीकृत सदस्यता विधानले निर्धारण गरेको सबै एनआरएनहरुलाई बनाउने।

ख)एनआरए जर्मनीको निर्वाचन पश्च्यात काठमाण्डौमा आयोजना आठौ विश्व सम्मेलनमा जर्मनीबाट धेरै प्रतिनिधिहरुलाई सहभागी गराई एनआरएनए जर्मनीको नाम उच्च राख्ने।

ग) जर्मनीबाट एनआरएनए आईसीसीमा उम्मेद्वार हुने सबैलाई भरपूर्ण साथ सहयोग र पूर्ण समर्थनका विजय बनाई विश्वको सामु एनआरएनए जर्मनीलाई गर्भित बनाउने।

२) एनआरएनए जर्मनीको पहिलो बैठक

क)एनआरएनए जर्मनीको पहिलो बैठकबाट सल्लाहकार संरक्षक,सबै कार्यदललाई गठन गरी सबैको कार्य बिभाजन गर्ने र प्रबक्ता नियुक्त गर्ने।

ख)संघको बिधानलाई सुधार गर्न बिधान समिति गठन गर्ने र संघका गतिधि र अभियानलाई गतिरोध तथा बिधान बिपरित गर्नेलाई कारबाहीको लागी अनुशासन समिति गठन गर्ने।

ग) संघको २ बर्षे कार्यकालको लागि मार्गदर्शन र बिधिबिधानको परिधि भित्र रहेर स्वतन्त्र रुपमा काम गर्न कार्यनिमावाली तयार गर्ने।

घ) एनआरएनए जर्मनीलाई बैधानिक रुपले काम गर्न नवनिर्वाचित कार्यसमियिको बर्लिन चालोटनबर्गको आम्ट गेरिक्टमा दर्ता गर्ने।

च) क्षेत्रीय परिषदको निमवाली तयार गर्ने र काम कर्तब्य तथा जिम्मेवारी निर्धारण गर्ने।

छ) एनआरएनए जर्मनीको अभिलेखको लागि वेभ-साइटको स्तर उन्नति गर्ने।

ज) एनआरएनए जर्मनीका अग्रजहरुलाई उचित सम्मान सहित ब्यबस्थापन गरिने र नयाँ नेतृत्व बिकासको लागि प्रोत्साहन गर्ने।

झ) हरेक एलसिसीमा नेपाली भाषा र कला संस्कृतिको प्रबर्धनको लागी स्कुल स्थापना गरिने।

ट) प्रकृति प्रकोप भुकम्प र बाढी पहिरो पिडित र दैविक प्रकोप आगलागी जस्ता घटनाहरुलाई तुरुन्त उद्धार र राहतको लागि आपतकालीन राहत कोषको स्थापना गर्ने।

ठ) नेपालमा निर्माण हुदै गरेको एनआरएनएन भवन र भूकम्प पिडितको लागि निर्माण हुदै गरेको नमुना बस्तीको लागी एनआरएनए जर्मनीले गरको सहयोगमा अझ वृद्धि गरी निरन्तर गरिने।

ड) नया संबिधानमा ब्यबस्था हुने एनआरएन नागरिकतालाई नेपाली नागरिकताको निरन्तरका साथ नेपाली नागरिकले पाउने सबै हक अधिकारहरु प्राप्तिको लागी मेरो २ बर्षे कार्यकालमा आईसीसीसित संयुक्त रुपमा नेपाल सरकारसित पहल गर्ने।

ठ) एनआरएनए जर्मनीका पुर्व अध्यक्ष द्वय पुष्प थापा र हरेन्द्र वनेमको कार्यकालमा ल्याईएको एनआरएन हाउस निर्माणको अवधारणलाई निर्माणको लागी अगाडी बढाउने।

ढ ) संस्थापक अध्यक्ष दिल गुरुङ्गको समयदेखि एनआरएनए जर्मनीले खेलेको नेपाली समुदायको एकताको नेपाली पहिचानलाई निरन्तरताका साथ मजबुत बनाउने।

ण ) एनआरएनए जर्मनीले अगाडी बढाएका सबै कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution