साइप्रसमा रामेछापकी नेपाली चेलीको शंकास्पद मिर्त्यु

१४ अगस्ट २०१७ – साइप्रसको निकोसियामा कार्यरत रामेछाप जिल्लाको २२ बर्षीय नेपाली चेली यमुना खपांगी मगर (पासपोर्ट नम्बर – ०९०२८१८१ ) आफ्नो मालिकहरु संग बिदा मनाउन परलिम्नी कप्परिस क्षेत्रमा गएको बेला अगस्ट १३ (आइतबार) का साँझ स्विम्मिंग पूलमा बेहोस अबस्थामा भेटिएको समाचार न्यूजइनसाइप्रसमा छ |
स्विम्मिंग पूलबाट निकाएर एम्बुलेन्स सहयताले नजिकैको अस्पताल (Famagusta General Hospital, Paralimni ) मा लगिएको थियो | लगतै अस्पतालमा उनको मिर्त्यु भएको थियो |
यस घटना सम्बन्धि पुलिसले छानबिन गरिरहेको जनाएको छ |